२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

असहायहरुलाई हेर्ने कोही छैन: मन्त्री बराल

२६ आश्विन २०७५, शुक्रबार १२:०८

प्रेम सुनार | असोज–२६, बुटवल । ‘हाम्रो सामाजिक बिकास मन्त्रालयले शैक्षिक क्षेत्रलाई पनि हेर्छ । बिद्यालयका भवन, पर्खाल र खेल मैदान सम्मका योजनाहरुको माग चङका–चाङ आएका छन’–  प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शुक्रबार बुटवलको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने–‘ तर बिद्यालयका ति अपाङ्ग,  र फरक क्षमता भएका  असहाय बिद्यार्थीहरुको सुविधाका लागि योजना माग गर्ने कुनै सांसद र कुनै राजनैतिक दल एक जना पनि मन्त्रालयमा आएको पाईन । ’


पहिलो पटक प्रदेश सरकार र बैंक तथा बित्तिय संस्था बिच सामाजिक उत्तरदायित्व सम्बन्धि अन्तरकृया कार्यक्रममा मन्त्री बरालले थपे–‘सांसदहरु विभिन्न विद्यालयका ठुला–ठृुला भौतिक पुर्वधारका योजनाहरुको माग गर्न आउनु हुन्छ , दलका नेताहरु प्नि आउनु हुन्छ  तर उहाँहरु ति आवज विहिन असहायहरुले भोग्नु परेका समस्या लिएर आएको  देखेको छैन ।


उहाँहरु किन पो त्यस्ता असहायहरुको आवाज लिएर आउनु हुन्थ्यो र ? जबकी ती असहायहरुले भोट हाल्नै सक्दैनन । तपाई बैंक र वित्तिय संस्थाले पनि त्यस्ता असहायहरुलाई  सुविधा दिने कार्यक्रम  किन पो ल्याउनु  हुन्छ होला र  ? जवकी उनिहरु तपाईहरुका खाता खोल्न समेत आउनै सक्दैनन । ’

उनले प्रदेश भर करिव १ सय १२ वटा  दृष्टि विहिन, सुस्त मनस्थित लगायत  फरक क्षमताका विद्यार्थीहरुले पढ्ने बिद्यालयहरुमा कुनै खालको सुविधा नभएको स्पष्ट पारे । भने –‘ तपाई हामी अहिले एसी सहितको सुवधा सम्पन्न होटलमा बसेर पनि यो रुपन्देही त भई हाल्यो असिना पसिना हुँदै छौं  ।

यसै रुपन्देहीको त्यस्ता  विद्यार्थीहरुले पढ्ने एक विद्यालयमा म अँस्ती पुग्दा एउटा सिलिङ्ग पंखा समेत नभएको पाएँ  ।  अब भन्नुस त उनिहरुले त्यो गर्मीमा कसरी पढ्न सके होलान ? उनले पाल्पाको एक विद्यालयमा पनि दृष्टि विहिन विद्यार्थीले त्यस्तै समस्या भोग्दै आएको बताए  ।


बैक तथा बित्तिय संस्थाहरुलाई हामीले निर्देशन दिन बोलाएको होईन ,  उनले भने तपाई हाम्रो काँधमा रहेको  सामाजिक उत्तरदायित्व  बहनमा समन्व्य र सहकार्य गर्न सकियोस् भनेर पहिलो पटक तपाई हाम्रो संयुक्त बैठकका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । यसमा नेपाल राष्ट्र बैंकले प्रदेश स्तरका बैक  र वित्तिय संस्थालाईै जमघटन गराउन गरेको सहयोग प्रति हामी धन्यवाद दिन्छौ ।

उनले बैंक तथा वित्तिय संस्थाले बार्षिक रुपमा लिने कुल मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व वहनमा खर्च गर्न आग्रह गरे ।  बैंक तथा वित्तिय संस्थाहरु हाल सम्म केन्द्रिय नीति अनुरुप चलेको छन ।

अब तपाईहरु मार्फत हरेक बैंक तथा वित्तिय संस्थाहरु पनि प्रादेशिक संरचनामा लैजान आग्रह गर्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो । अब  यहाँहरुले सोही अभ्यासका लागि आ–आफ्नो केन्द्रलाई भन्नु होला र नेपाल राष्ट्र बैंकले पनि त्यसको पहल अबश्य गर्ने छ ,– उनले भने ।


मन्त्री बरालले अब छिट्टै समाज कल्याण कोष स्थापना गर्ने , त्यस कोषमा बैंक तथा वित्तिय संस्थाहरुश्रले  कुल मुनाफाको १ प्रतिशत जम्मा गर्ने र सामाजिक उत्तरदायित्व कहाँ निभाउने भन्ने विषयमा  समिक्षा र सहकार्य गर्दै अगाडी बढ्ने बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोक पौड्यालले पहिला आर्थिक विकास नगरी सामाजिक बिकास गर्न नसकिनेमा जोड दिए ।

पहिला हामी सबै आर्थिक विकास  गर्ने तिर लागौं उनले भने त्यस पछि मात्र सामाजिक विकासमा लागौंला । उनले नयाँ नोट सटाहीमा बृद्ध बृद्धालाई लाईनमा नराखी उपलब्ध गराउन बैंकहरुलाई आग्रह गरो छन । उनले महिलाहरुलाई आत्म निर्भर बनाउन लघु वित्त संस्थाहरुले विना धितो र विना जमानत उद्यमसिलताका लागि लगानी गर्न समेत आग्रह गरेका छन ।

कार्यक्रममा सो मन्त्रालयका निमित्त सचिव मित्रमणी खनालले पहिलो बर्ष नीति निर्माण कै अभ्यासमा रहेको र अब कार्यन्वयनमा जान लागिएको बताउँदै बैंक तथा वित्तिय संस्था बिचको आपसी सहयोग  र सहकार्य गरेर आगाडी बढ्न जोड दिए ।

मन्त्री बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही मन्त्रालय सामाजिक महाशाखा प्रमुख प्रज्ञा  निरौलाको स्वागत मन्त्वय र महिला तथा बालबालिका विकास अधिकृत प्रतिभा पन्थीको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य