Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

साँघुरा पुलका कारण दुर्घटना वृद्धि

२०७५, २७ आश्विन शनिबार ०८:४९

असोज २७, परासी (रासस) | भैरहवा–भुमही सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ मा पर्ने रामखण्डा खोला पुलको मर्मत सम्भारमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको तुलनामा पुल निकै साँघुरो र जीर्ण अवस्थामा पुग्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको यात्रुको गुनासो छ । 

यही पुलका दुर्धटना हुँदा धेरैले ज्यान गुमाइसकेका छन् भने कैयौँ घाइते भएका छन् । भैरहवा–भुमही सडक खण्ड औद्योगिक क्षेत्रको रूपमा परिणत हुँदै जानुका साथै सुनौली भन्सार हुँदै ४०÷५० टन सामग्री बोकेर आउने ट्रकको आवतजावत पनि यसै सडकमा बढी हुने गरेको छ । क्षमताभन्दा बढी भारका कारण सो पुल दिन प्रतिदिन कमजोर बनेको छ । 

पुल छेउछाउमा ट्राफिक चिन्ह्समेत नहुँदा विशेषगरी रातको समयमा आवातजावत गर्ने सवारी साधनले सो पुलमा जोखिम मोल्नु परेको छ । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सो सडक सडक बोर्डअन्तर्र्गत पर्ने भएकाले तत्काल निर्माण गर्न निर्देशन दिने बताउनुभयो । 

एशियाली विकास बैंकको सहयोगमा सो सडक निर्माण भएको हो । सडक निर्माण कम्पनीले सडक खण्डभित्र पर्ने पुल निर्माण नगरेका कारण पुलको अवस्था जीर्ण बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ