२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मृगौला रोगी वालिकालाई युएईदेखी ३५ हजार सहयोग

२७ आश्विन २०७५, शनिबार १५:०८

चिसाङ शेर्पा | असोज २७, खोटाङ | दुबै मृगौला फेल भएकी वालिकालाई आर्थिक सहयोग प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई युएईबाट ३५ हजार आर्थिक सहयोग प्राप्त भएको हो ।

खोटाङ घर भई रोजगारीको शिलसिलामा युएईमा कार्यारत बाम्राङ मुढेका पदम लोहार र विष्णु थापा मगरको संयोजकत्वमा संकलन भएको ३५ हजार रुपैयाँ रकम मृगौला रोगी वालिकाकी आमा लक्ष्मी विश्वकर्मालाई शुक्रबार दिक्तेल रुपाकोट मझुवमगढी नगरपालिका–२ दिक्तेलका वडाध्यक्ष हर्क बहादुर खत्रीले हस्तान्तरण गरेका हुन् ।

सोल्मास्थित सोल्मा स्पोर्टस क्लवको खेलमैदानमा सुरुवात भएको टोल स्तरीय खुल्ला पुरुष फुटवल प्रतियोगिता तथा सचेतनामूलक कार्यक्रमको पहिलो दिन वालिकाकी आमालाई सहयोग रकम हस्तान्तरण गरिएको सोल्माका स्थानीय तथा समाजसेवी गंगा वहादुर विश्वकर्माले जानकारी दिनुभयो ।  

वाल्यकालमा नै दुबै मृगौला रोगको शिकार वनेकी वालिका सुस्मिताको यसअघि पनि पाँच वर्षको उमेरमा मृगौलामा समस्या आएको र उपचारपछि ठिक भएको थियो । तर, गत साउन १५ गतेबाट भने, दुवै मृगौला फेल भएको थियो । सुस्मिताको देव्रे मृगौलाले ७५ प्रतिशत र दाहिने मृगौलाले १० प्रतिशत काम गरिरहेको छ । चिकित्सकका अनुसार बालिकाको देव्र मृगौला अपरेशन गर्नुपर्ने र दाहिने मृगौला झिकेर फाल्नुपर्ने छ । अपरेशन तथा मृगौला झिकेर फाल्नलाई साढे दुई लाखदेखी तीन लाखसम्म लाग्ने चिकित्सकलाई उद्धृत गर्दै परिवारले जनाएको छ । भएभरको पैसा सकिएपछि परिवारले छोरी बचाईदिन सबैसँग अपिल गरेको छ । सुस्मिताको बुवा बैदेशिक रोजगारीको सिलसिलामा बिगत ९ वर्षदेखी मलेसियामै गायब भएका छन् । 

यसअघि, बैदेशिक रोजगार सरोकार समाज खोटाङ, महिला मानव अधिकार रक्षक सञ्जाल, स्वीस ईन्टरकोअपरेशन नेपाल हेल्भेटास, सुरक्षित आप्रावासन परियोजना सामी, वालसेवा समाज नेपालको संयुक्त सहकार्यमा संकलित ३७ हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा