२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका यी १६ ठाउँमा ट्राफिक जाँच हुने

२०७५, २८ आश्विन आईतवार ०७:१०

असोज २८, बेत्रावती | नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ । 

विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ । चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्य–मुख्य सडक खण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ । 

विदुर नगरपालिका वडा नं १० स्थित ढुङ्गे–बेत्रावती सडक खण्डमा बस्नुभएका प्रहरी प्रमुख कुँवरका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी दैनिक ५० भन्दा बढी रहेका छन् । ती सवारीलाई कारवाही गरी पछिल्लो समयमा दैनिक एकै स्थानबाट रु ५० हजारको हाराहारीमा राजश्वसमेत सङ्कलन भएको छ । 

दशैँ सुरु भएपछि दैनिक तीन सयभन्दा बढी सवारी कारवाहीको दायरामा आइसकेका छन् । ती सवारीबाट रु एक लाख ५० हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो । नुवाकोट प्रहरीले जिल्लाको फूलबारी, छहरे, ठूलोखोला, बागेश्वरी, बाउनबेँसी, सिक्रे, ढिकुरे, कोलनी, इन्द्रचोक, पिपलटार, रानीपौवा, कोल्पुटार, ढुङ्गे, ओखरपौवा, गुज्रेलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउन सचेतना कक्षा चलाउँदै आएको छ । 

जाँचस्थलमा बसेका प्रहरीले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् । छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायलाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ । विशेष अभियानका रूपमा यो कार्य दशैँ अवधिभर कायम रहने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते