पढ्न करिब 1 मिनेट लाग्छ
<p>असोज २८, पाल्पा | पाल्पामा आज दिउँसो जिप दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् । तानसेनबाट रामपुरतर्फ आउँदै गरेको लु १ ज १७८५ नम्वरको हुलास जिप रामपुर नजिकै दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।<br></p><p>घाईते हुनेहरुमा चालक २५ वर्षीय दानबहादुर सुर्यवंशी, पूर्वखोलाका २४ वर्षीया मिराकुमारी कानु मगर, रामपुर–२ ६० वर्षीया दिलमाया आले र ६२ वर्षीय बमबहादुर आले रहेका छन् । उनीहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा भर्ना गरिएको प्रहरीले बताएको छ ।</p><p>जिपमा सवार एकजना भने सकुशल रहेका छन् । तानसेन बजारमा दशैंको किनमेल सकेर फर्किदै गरेका उनीहरु घर पुग्नु केही समयअघि दुर्घटनामा परेको बताइएको छ । </p>

