2026-09-13 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

प्रविधि मैत्री बन्दै रोल्पाका सामुदायिक विद्यालय

असोज २९, रोल्पा | रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो । 

जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले डिजिटल हाजिरीको शुरुवात गरेको छ । यसै महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुन्छन् विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले भन्नुभयो । 

शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरी तथा कक्षा अनुगमनका लागि सिसी क्यामेराको व्यवस्था गरेका छौँ प्राचार्य पोख्रेलले भन्नुभयो । शिक्षकको नियमितता हुने बित्तिकै विद्यालयको पठनपाठनमा धेरै सुधार हुन्छ । 

सो विद्यालयले मल्टी मिडियाको प्रयोगबाट उपल्ला कक्षा पढाउने कार्यको थालनी गरेको छ । हाल कम्प्युटर कक्षा मल्टीमिडिया प्रयोग गरेर पढाउन शुरु गरेका छाँै कम्प्युटर शिक्षक भुवन श्रेष्ठले भन्नुभयो । आगामी दिनमा अन्य विषयलाई समेत मल्टीमिडियाबाट अध्यापन गराउने बताइएको छ । 

जिल्लाका अन्य सामुदायिक विद्यालयले पनि प्रविधिलाई जोड दिन थालेका छन् । रोल्पा नगरपालिका–७ मा रहेको मावि कोटगाउँले समेत कक्षा अनुगमनका लागि सिसी क्यामेरा जडान गरेको छ । माथिल्ला कक्षामा सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयले बताएको छ । सुनिल स्मृति गाउँपालिका–४ नम्बर वडा कार्यालयले वडाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल थालेको वडाध्यक्ष गंज क्षेत्रीले जानकारी दिनुभयो । वडाभित्र रहेका तीन वटै सामुदायिक विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । 

विद्यालयमा शिक्षक १० बजे अगावै उपस्थित हुनुपर्नेमा त्यसो नदेखिएकाले डिजिटल हाजिरीपछि शिक्षकको उपस्थितिलाई नियमितता गर्न सघाउ पुग्ने छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले समेत गाउँपालिकाका पाँच विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गरिदिएको बताएको छ । 

जिल्लामा शिक्षाको सार्थक परिणामका लागि स्थानीय सरकारले चासो देखाएका छन् । प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ । 

प्रशस्त मात्रामा आन्तरिक स्रोत भएका विद्यालय प्रविधिमैत्री हुन थाले पनि जिल्लाका अधिकांश विद्यालयलाई भने शिक्षक व्यवस्थापनमै हम्मेहम्मे परेको बताइन्छ । समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका त्यस्ता विद्यालयका लागि आधुनिक प्रविधिको प्रयोग आकाशको फलझैँ भएको छ । 

राजनीतिक पहुँचका आधारमा भनसुन गरी स्रोत लिन सफल केही विद्यालय तथा स्थानीय सरकारले समेत सहयोग गरेकाबाहेक जिल्लामा ठूलो सङ्ख्याका विद्यालय आवश्यक शिक्षक, भौतिक पूर्वाधार व्यवस्थापनमै रुमल्लिनु परेको शिक्षा क्षेत्रका जानकार बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले