२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दुई दशकसम्म सडक ग्राभेल हुन सकेन

२०७५, २ कार्तिक शुक्रबार ०२:२५

कात्तिक २, दार्चुला (रासस) | गोकुलेश्वर खार खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राभेल हुन सकेको छैन । महाकाली लोकमार्गको दार्चुला खलङ्गा जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने गोकुलेश्वर खार खलङ्गा सडक निर्माण शुरु भएको बीस वर्ष बितिसक्दा पनि अझै अलपत्र छ । 

आर्थिक वर्ष ०५५/५६ मा निर्माण शुरु भएको सडकमा ०७३/०७४ मा अस्थायीरुपमा ट्रयाक खुलाइएको थियो । कूल ४४ किलोमिटर सडक निर्माण बेलाबेला पहिरोका कारण अवरुद्ध हुने गरेको छ । असारमा आएको बाढीका कारण सो सडकखण्ड पूरै अवरुद्ध भएको थियो । कूल ४४ किलोमिटर सडकमध्ये गोकुलेश्वरको कर्कलेदेखि २८ किलोमिटर र खलङ्गादेखि सात किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाउन कामको लागि खाद्यान्न कार्यक्रमले पहल गरेको थियो । 

उक्त कार्यक्रम बाहिरिएपछि सडक निर्माणको जिम्मा ग्रामीण विकेन्द्रीत तथा पूर्वाधार कार्यक्रमले लिएको थियो । सडक निर्माणको लागि भएको खर्च विवरण उपलब्ध नगराइएको र अहिलेसम्म पनि सडक ग्राभेल गर्नेतर्फ कसैले ध्यान नदिँदा सो सडक सञ्चालनमा समस्या भएको स्थानीयबासी बहादुर टमटाले बताउनुभयो । 

वैकल्पिक सडक हुँदाहुँदै पनि सडक निर्माण अब कसले गर्ने भन्ने अन्योल रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । गत वर्षसम्म सडक डिभिजन कार्यालय पाटन बैतडीले ठाउँठाउँमा सडक खुलाउने काम गरेको थियो । अहिले सडक प्रदेश मातहत रहने कि केन्द्रीय राजमार्गअन्तर्गत राख्ने भन्ने कुरा उठ्दै आएको छ । 

उक्त सडकलाई प्रदेशको गौरबको योजनाको रुपमा अघि बढाउने गरी छलफल भइरहेको प्रदेश सभासद् मानबहादुर धामी सन्तोषले बताउनुभयो । “अहिले नै सडक प्रदेश मातहत जाने पक्कापक्की भएको छैन,” उहाँले भन्नुभयो “तर यो सडकलाई सदरमुकामदेखि होपरीगाड, सिप्टी, मार्मा र अपि हिमाल जोड्ने गरी प्रदेश गौरवको योजना बनाउने सोच बनाएका छौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ