2026-09-13 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका सात सयभन्दा बढी मुक्त कमैयाले जग्गा पाए

कात्तिक ४, तुलसीपुर (रासस) | दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिनुभएको छ । सरकारले विवादित जग्गाको लालपुर्जा दिँदा मुक्त कमैयाले जग्गामा आवास र जोतभोग गर्न नपाएको उहाँको भनाइ छ । 

सरकारले निकै ढिलो गतिमा मुक्त कमैया व्यवस्थापन गरिरहेको भन्दै उहाँले अझै तीन हजार ३६५ जना मुक्त कमैयाले कुनै पनि परिचयपत्र पाउन नसकेको बताउनुभयो । मुक्त कमैयाको व्यवस्थापनमा पटक पटक आन्दोलन र दबाब दिँदै आए पनि अपेक्षित प्रगति भने हुन नसकेको बताइएको छ । 

छाडा चौपायाले बालीनालीमा नोक्सानी 

यहाँ छाडा चौपायाले स्थानीयवासीको बालीनाली नोक्सान पुर्याउने गरेका छन् । छाडा चौपाया व्यवस्थापन हुन नसक्दा स्थानीयवासीलाई निकै समस्या हुने गरेको छ । ती छाडा चौपायाले गाउँमा पुगेर स्थानीयवासीको धान, तोरी तथा तरकारी बालीमा समेत क्षति पुर्याउने गरेका छन् । 

रातको समयमा गाउँमा पशुचौपाया पसेर लगाएको बालीनालीमा क्षपि पु¥याउने गरेको स्थानीयवासी यमुना वलीले बताउनुभयो । दिनभर बजार क्षेत्रमा हुने चौपायाहरु रातपरेपछि गाउँ पस्ने गरेका छन् । चौपायाहरु छाडा छोड्नेहरुलाई कुनै कारवाही नहुँदा झनै अव्यवस्थित भएको स्थानीयको गुनासो छ । तुलसीपुर उपमहानगरपालिकाले भने छाडा चौपायाले नागरिकलाई सास्ती दिएको भन्दै अब छिट्टै व्यवस्थापन गर्ने छाडा चौपाया व्यवस्थापन समितिका संयोजक कुमार लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले