सास । कात्तिक ५, बर्दिया ।

बर्दियाली साहित्यिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको पाचौँ वार्षिक स्मृति तिथि एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क कान उपचार शिविरको आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । कात्तिक ५, बर्दिया ।

बर्दियाली साहित्यिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको पाचौँ वार्षिक स्मृति तिथि एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क कान उपचार शिविरको आयोज"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

‘कविगुरु’ को स्मृतिमा निःशुल्क कान उपचार शिविर गरिने

२०७५, ५ कार्तिक सोमबार १६:०९

सास । कात्तिक ५, बर्दिया ।

बर्दियाली साहित्यिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको पाचौँ वार्षिक स्मृति तिथि एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क कान उपचार शिविरको आयोजना गरिने भएको छ ।


‘कविगुरु’ यज्ञ प्रसाद सुवेदी प्रतिष्ठान बर्दियाको आयोजना तथा श्री पशुपति शान्ति शिवालय, सुदामा वृद्ध सत्सङ्ग समिति बढैयाताल –८, पशुपतिबजार बर्दियाको समन्यवमा यहि आउँदो कात्तिक १० गते शनिबार यो शिवरको आयोजना गर्न लागिएको प्रतिष्ठानका संरक्षक भीमा सुवेदीले बताउनुभयो । 

ब्रिनोज कान स्वास्थ सामुदायिक सेवा, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र, नेपालगञ्ज, शाखा कार्यालय बर्दियाको प्राविधिक सहयोगमा आयोजना गर्न लागिएको यो शिविरबाट समूहमा आवद्ध ३ सय बढी जेष्ठ नागरिकहरुको कान स्वास्थ्य परीक्षण गरिने लक्ष्य राखिएको कान स्वास्थ्य प्राविधिक दिपक वि.सी. ले बताउनुभयो ।  

जिल्लाको सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा क्रियाशील रहनुभएका ‘कविगुरु’ यज्ञप्रसाद सुवेदीको मुटुमा समस्या देखिएपछि वि.सं. २०५२ सालदेखि निरन्तर १८ वर्षसम्म पेस मेकरबाट जीवन चलेकोमा अन्ततः वि.सं. २०७० साल कात्तिक १ गते भौतिक रुपमा विदा हुनुभएको थियो । वहाँकै सोच र अवधारणामा सञ्चालित सत्सङ्ग समूहमा यसरी जेष्ठ नागरिकहरुका लागि कान स्वास्थ्य शिविर सञ्चालन गरिने कुराले आफू निकै उत्साहित भएको उपाध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । समाजसेवी तथा साहित्यिक व्यक्तित्व अयोध्याप्रसाद श्रीवास्तवले यसरी अाफ्ना मातापिताहरुको सम्झनामा समाजमा पुण्य कर्म गर्नु नै सच्चा सम्मान रहेको बताउनुहुँदै अाँफू पनि वहाँको अाध्यात्मिक दर्शनबाट प्रेरित भएको कुरा बताउनुभयाे ।  


विभिन्न विधाहरुमा वहाँका १४ ओटा साहित्यिक कृतिहरु प्रकाशित रहेका छन् भने अन्य दर्जनौं अप्रकाशित पाण्डुलिपीहरु प्रकाशनको क्रममा रहेका छन् । 

बढैयाताल क्षेत्रका तथा नियमित रुपमा सत्सङ्गमा आइरहने जेष्ठ नागरिकहरु सबैलाई यो शिविरमा उपस्थित भई लाभ लिनका लागि आह्वान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने