सास । कात्तिक ५, बर्दिया ।

बर्दियाली साहित्यिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको पाचौँ वार्षिक स्मृति तिथि एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क कान उपचार शिविरको आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । कात्तिक ५, बर्दिया ।

बर्दियाली साहित्यिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको पाचौँ वार्षिक स्मृति तिथि एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क कान उपचार शिविरको आयोज"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

‘कविगुरु’ को स्मृतिमा निःशुल्क कान उपचार शिविर गरिने

५ कार्तिक २०७५, सोमबार १६:०९

सास । कात्तिक ५, बर्दिया ।

बर्दियाली साहित्यिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको पाचौँ वार्षिक स्मृति तिथि एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क कान उपचार शिविरको आयोजना गरिने भएको छ ।


‘कविगुरु’ यज्ञ प्रसाद सुवेदी प्रतिष्ठान बर्दियाको आयोजना तथा श्री पशुपति शान्ति शिवालय, सुदामा वृद्ध सत्सङ्ग समिति बढैयाताल –८, पशुपतिबजार बर्दियाको समन्यवमा यहि आउँदो कात्तिक १० गते शनिबार यो शिवरको आयोजना गर्न लागिएको प्रतिष्ठानका संरक्षक भीमा सुवेदीले बताउनुभयो । 

ब्रिनोज कान स्वास्थ सामुदायिक सेवा, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र, नेपालगञ्ज, शाखा कार्यालय बर्दियाको प्राविधिक सहयोगमा आयोजना गर्न लागिएको यो शिविरबाट समूहमा आवद्ध ३ सय बढी जेष्ठ नागरिकहरुको कान स्वास्थ्य परीक्षण गरिने लक्ष्य राखिएको कान स्वास्थ्य प्राविधिक दिपक वि.सी. ले बताउनुभयो ।  

जिल्लाको सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा क्रियाशील रहनुभएका ‘कविगुरु’ यज्ञप्रसाद सुवेदीको मुटुमा समस्या देखिएपछि वि.सं. २०५२ सालदेखि निरन्तर १८ वर्षसम्म पेस मेकरबाट जीवन चलेकोमा अन्ततः वि.सं. २०७० साल कात्तिक १ गते भौतिक रुपमा विदा हुनुभएको थियो । वहाँकै सोच र अवधारणामा सञ्चालित सत्सङ्ग समूहमा यसरी जेष्ठ नागरिकहरुका लागि कान स्वास्थ्य शिविर सञ्चालन गरिने कुराले आफू निकै उत्साहित भएको उपाध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । समाजसेवी तथा साहित्यिक व्यक्तित्व अयोध्याप्रसाद श्रीवास्तवले यसरी अाफ्ना मातापिताहरुको सम्झनामा समाजमा पुण्य कर्म गर्नु नै सच्चा सम्मान रहेको बताउनुहुँदै अाँफू पनि वहाँको अाध्यात्मिक दर्शनबाट प्रेरित भएको कुरा बताउनुभयाे ।  


विभिन्न विधाहरुमा वहाँका १४ ओटा साहित्यिक कृतिहरु प्रकाशित रहेका छन् भने अन्य दर्जनौं अप्रकाशित पाण्डुलिपीहरु प्रकाशनको क्रममा रहेका छन् । 

बढैयाताल क्षेत्रका तथा नियमित रुपमा सत्सङ्गमा आइरहने जेष्ठ नागरिकहरु सबैलाई यो शिविरमा उपस्थित भई लाभ लिनका लागि आह्वान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता