2026-09-15 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बढी भाडा लिनेलाई जरिवाना, डुम्रे बजारको फुटपाथ हटाइयो

बढी भाडा लिनेलाई जरिवाना, डुम्रे बजारको फुटपाथ हटाइयो 

कात्तिक ७, दमौली (रासस) | चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जरिवाना गरेको छ । 

पोखराबाट काठमाडौँ जाँदै गरेको ना४ख ९५१३ नंको बसले यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले उक्त सवारीलाई जरिवाना गर्दै बढी भाडा यात्रुलाई फिर्ता गराएको हो । 

शुभ अधिकारी ट्राभल्सले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिँदै अर्कै बसमा यात्रु राखेको पाइएपछि कारवाही गरिएको ट्राफिक इञ्चार्ज कृष्ण क्षेत्रीले बताउनुभयो । पोखरादेखि काठमाडौँसम्मको भाडा रु ५०० भए पनि यात्रुसँग रु ६०० र रु ७०० सम्म भाडा असुलेको पाइएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार १५ जना यात्रुको बढी भाडा फिर्ता गराइएको छ । साथै उक्त बसलाई बढी भाडा लिएको आरोपमा रु एक हजार ५०० जरिवाना गराइएको छ । 

डुम्रे बजारको फुटपाथ हटाइयो 

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा लामो समयदेखि सञ्चालन हुँदै आएका फुटपाथ पसल गाउँपालिकाले हटाएको छ । 

फुटपाथले यातायात आवागमन र पैदलयात्रुलाई असहज बनाएको गुनासा आएपछि गाउँपालिकाले बल प्रयोग गरेर फुटपाथ हटाएको हो । 

फुटपाथ व्यवसायीले सडक छेउको पेटीमा फलफूल, किराना र तरकारी पसल राख्ने गरेका थिए । सार्वजनिक स्थानमा राखिएका ठेलालगायतका व्यापारिक सामग्री हटाउन गाउँपालिकाले पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाउनुपरेको गाउँपालिका बजार व्यवस्थापक काशीनाथ भट्टराईले जानकारी दिनुभयो । 

फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न गाउँपालिकाले डुम्रे भन्सार नगर विकास समितिको आर्थिक सहयोगमा डुम्रे बजारको उत्तरपट्टि व्यापारिक सटर निर्माण गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ