2026-09-15 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

युवाको सहयोगमा सौर्य बत्ती, बस सेवाले स्थानीयवासीलाई सहज

कात्तिक ८, बलेवा (रासस) | बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो । घुम्टे युवा परिवारले सहयोगस्वरुप उपलब्ध गराएका सौर्य ऊर्जाका सामग्री धार्मिकस्थललाई हस्तान्त्रण गरिएको थियो । 

गल्कोट नगरपालिका–७ मा रहेका धार्मिकस्थललाई अँध्यारोमुक्त बनाउनका लागि घुम्टे युवा परिवारले सहयोग गरेको संस्थाका सल्लाहकार टीकाबहादुर थापाले बताउनुभयो । रोजगारीको सिलसिलामा जापानमा रहेका गल्कोटे युवाले आफ्नो मासिक पारिश्रमिकको केही अंश जोगाएर धार्मिकस्थलमा सौर्य ऊर्जा जडानका लागि सहयोग गरेका थिए । सामाजिक कामको लागि स्थापना भएको युवा परिवारमार्फत जापानमा रहेका युवाले विभिन्न शीर्षकमा सहयोग गर्दै आएका छन् । 

संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा समेत सौर्य ऊर्जा जडान गरेको छ । जापान शाखाले पठाएको रु एक लाख २५ हजार खर्चेर चार धार्मिकस्थल र संस्थाको कार्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । 

बस सेवाले स्थानीयवासीलाई सहज 

बागलुङको बलेवा क्षेत्रमा यात्रुवाहक बसले सेवा दिन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । बागलुङ नगरपालिकाले नगरका मुख्य सडकको स्तरोन्नति गरी सहज यातायात सञ्चालन गर्ने योजनाअनुसार बलेवा क्षेत्रमा यात्रुवाहक बसले सेवा दिन शुरु गरेका हुन् । 

यात्रुवाहक बसले सेवा दिन थालेपछि निजी सवारी तथा पिकअप जिपमा महङ्गो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता टरेको स्थानीयवासीको भनाइ छ । बलेवा भैरवस्थानदेखि बागलुङ बजारसम्म आउनका लागि रु २५० देखि ३०० तिर्ने यात्रुले बस सेवा सञ्चालनमा अएपछि रु १२० मा यात्रा गर्न पाएका छन् । 

बिहान बलेवाको भैरवस्थानबाट छुट्ने बस बेलुका बागलुङ बजारदेखि छुट्ने रुट कायम गरिएको छ । बस सेवा सञ्चालनमा आएपछि बलेवा क्षेत्रका नारायणस्थान, पैयुपाटा, अमलाचौरका स्थानीयलगायत बलेवाको प्रसिद्ध भैरवस्थान मन्दिरसम्म पुग्ने दर्शनार्थीका लागि सहज भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ