२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा चालक अनुमतिपत्र सहज बन्दै

८ कार्तिक २०७५, बिहीबार ०८:४२

कात्तिक ८, इटहरी | यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ । 

दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फत गरिएको र यसबाट सेवाग्राहीले सहजरुपमा अनुमतिपत्र पाउने कार्यालय प्रमुख कृष्णप्रसाद भुसालले बताउनुभयो । 

अनलाइन सेवामार्फत चालक अनुमतिपत्रका लागि आवेदन गर्ने सेवाग्राहीले लिखित र प्रयोगात्मक परीक्षा दिने मिति थाहा पाउन सक्छन् । अनलाइन सेवामार्फत सेवाग्राहीले चाँडो र सहजरुपमा सेवा पाउने अवस्था तयार भएको पनि उहाँले जानकारी दिनुभयो । यसअघि सेवाग्राहीले कहिले फर्म भर्ने भन्ने जानकारी नै नपाउने अवस्था थियो । 

यो प्रविधि प्रयोगमा आएपछि सबैतिरका सेवाग्राहीले भरपर्दो सेवाका रुपमा अनलाइन सेवालाई लिएको सोही कार्यालयका अर्का कर्मचारी डिल्ली नेपालले बताउनुभयो । फेसबुकमार्फत परीक्षा एवं प्रयोगात्मक परीक्षासमेत सेवाग्राहीले जानकारी पाउने व्यवस्था मिलाइएको छ ।  

गाँजा फडानी 

सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजाका बोट प्रहरीले नष्ट गर्ने अभियान तीव्र तुल्याएको जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले स्थानीय इलाका प्रहरी कार्यालय समेतको सहयोगमा जिल्लाको गढी गाउँपालिका क्षेत्रको झोरा टोल र सत्तेरझोरा टोलका गाउँमा लगाइएको अवैध गाँजाका बोट फँडानी गरी नष्ट पारेको हो ।  

इलाका प्रहरी कार्यालय दुहवीको सहयोगमा ती क्षेत्रमा लगाइएको अवैध गाँजाको बोट नष्ट गर्ने कार्यमा प्रहरी र स्थानीय जनप्रतिनिधिसमेतको सहयोग लिइएको बताइएको छ । 

कोशी गाउँपालिकाअन्तर्गतको विभिन्न गाउँमा लगाइएको तथा आफैँ उम्रिएका अवैध गाँजा पनि प्रहरीले फँडानी गरेर नष्ट गरेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । जिल्लाको अन्य स्थानमा भएका अवैध गाँजाका बोट प्रहरी र जनप्रतिनिधिको सहकार्यमा नष्ट गर्ने अभियानलाई तीव्र पारिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य