राप्तीको पर्यटन विकासमा ५ करोड बढी खर्च

Posted on: 29 Aug, 2015

rapti zoneसन्तोषकुमार गुप्ता/ भदौ १२, भालुवाङ्ग ।  पर्यटन प्रवद्र्धनका निमित्त राप्ती अञ्चलमा पछिल्ला समय गतिविधिहरु बढ्न थालेका छन् । राप्ती अञ्चल क्षेत्रमा रहेका पर्यटकीय सम्पदाहरुको पछिल्ला समय प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने तथा लगानी गर्ने कार्यको बृद्धि भएको छ । यस्ता गतिविधिहरुको बृद्धि भएसँगै पर्यटनमा लगानी पनि बढेको छ । यसै सन्दर्भमा गएको आर्थिक वर्ष २०७१÷०७२ मा राप्ती अञ्चलका पर्यटकीय सम्पदाहरुको विकासका निमित्त ५ करोड १६ लाख ६० हजार ९ सय ९८ रुपैयाँ खर्च भएको छ ।

राप्ती अञ्चलमा रहेका पाँचै जिल्लाको पर्यटन गतिविधिलाई हेर्ने हो भने सबैभन्दा बढी दाङमा पर्यटन प्रवद्र्धनका निमित्त बढी रकम खर्च भएको छ । त्यसपछि क्रमशः प्यूठान, रुकुम रोल्पा हँुदै सबैभन्दा बढी सल्यान जिल्लामा कम रकम पर्यटन प्रवद्र्धनमा खर्च भएको छ । आ.व. ०७१÷०७२ मा दाङमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा १ करोड ५४ लाख भन्दा बढी रकम खर्च भएको पर्यटन समिति जिविस दाङले जानकारी दिएको छ । जसमा ९५ प्रतिशत भन्दा बढी रकम पूर्वाधार विकासमा र ५ प्रतिशत रकम प्रचार–प्रसार, तालिम, गुरूयोजना निर्माण कार्यमा खर्च भएको छ । यस्तै आ.व. प्यूठान जिल्लामा १ करोड ३३ लाख ८३ हजार ५ सय भन्दा बढी रकम पर्यटन प्रवद्र्धनमा खर्च भएको छ । यसका अतिरिक्त प्यूठानमा सरकारी–गैरसरकारी क्षेत्रबाट समेत पर्यटन प्रवद्र्धनका अन्य गतिविधिहरू सञ्चालन भएको पर्यटन समिति प्यूठानले जानकारी दिएको छ । यस्तै यस आर्थिक वर्षमा रुकुम जिल्लामा ८१ लख ४७ हजार ४ सय ९८ रुपैयाँ पर्यटन प्रवद्र्धनमा खर्च भएको छ । जसअन्तर्गत पुर्वाधार विकासमा ५४ लाख ५४ हजार ५ सय र तालिम, प्रचारप्रसार, सूचना केन्द्र सञ्चालन एवं प्रचार सामग्री निर्माण जस्ता कार्यमा २६ लाख ९२ हजार ९ सय ९८ रुपैयाँ खर्च भएको पर्यटन समिति रुकुमले जनाएको छ । यसैगरी रोल्पा जिल्लाको पर्यटन प्रवद्र्धनमा ७६ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सल्यान जिल्लाको पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यमा केन्द्रीय योजनामा ६७ लाख ७५ हजार रुपैयाँ बजेट खर्च भएको छ भने केही समय पहिले मात्र गठन भएको राप्ती अञ्चलस्तरिय पर्यटन प्रवद्र्धन समितिमा ३ लाख रुपैयाँ खर्च भएको छ । पहिलेदेखि नै पर्यटन प्रवद्र्धन सम्बन्धी गतिविधि हुँदै आएको दाङ जिल्लामा सन् १९९८ को नेपाल भ्रमण वर्षदेखि दाङमा पर्यटनका गतिविधिहरूले निरन्तरता पाउँदै आएका हुन् । सन् १९९८ मा ७ दिने दाङ भ्रमण महोत्सव, पर्यटन वर्ष सन् २०११का सन्दर्भमा ६ वटा जिल्लास्तरिय र एउटा राष्ट्रियस्तरको महोत्सव सम्पन्न भएको दाङमा २०५९ सालमा जिल्ला विकास समितिभित्र पर्यटन समिति गठन भएको थियो । जिल्लाको सांस्कृतिक विविधताअनुसार २०६५ देखि थारू, मगर र अवधी नमुनाग्रामहरू सञ्चालनमा आएका छन् । यस्तै गएको आर्थिक वर्ष ०७१÷०७२ मा पर्यटन प्रवद्र्धन गर्न विभिन्न भौतिक तथा अन्य गतिविधिहरु सम्पन्न भएका छन् ।

जसअन्तर्गत सिसहनिया नमुना ग्राम ब्यवस्थापन, सहयोग, “अल्लो तथा काँस, मूजजन्य हस्तकला सम्बन्धी कार्यशाला” सम्पन्न, नेपाल र भारतमा चर्चित लोकवार्ता संगोष्ठीको चौथो कार्यक्रम सम्पन्न, गोबरडिहास्थित बाघनाथ बावा जंगलकुटी परिसरमा तारबार र गेट निर्माण, बाह्रकुने दह बराह क्षेत्रमा सेफ्टीट्याङ्की सहित दुईवटा शौचालय निर्माण, राप्ती शान्ति उद्यान तुलसीपुरमा प्रतीक्षालय र क्यारी निर्माण, चमेरे गुफामा प्रतीक्षालय, शौचालय र बाटो निर्माण कार्य भएको छ । कोइलाबास स्थित रामजानकी मन्दिरमा मन्दिरको जिर्णोद्धार, पाण्डवेश्वर महादेव मन्दिरमा ५० मिटर लामो सिँढी र सतह संरक्षणका लागि रिटेनिङ पर्खाल निर्माण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उक्त मन्दिर परिसरमा इँटा छाप्ने कार्य लगायतका गतिविधिहरु जिल्लामा सम्पन्न भएका छन् । यस आर्थिक वर्षमा दाङका पर्यटकीय स्थलहरुमध्ये बगारबावा धार्मिक स्थल रिहारमा सबैभन्दा बढी ४४ लाख भन्दा बढी बिनियोजन भएको भएको छ । जसअन्तर्गत रिहारमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट चक्रपथ निर्माणमा १० लाख, पार्कको पर्खाल निर्माणमा१ लाख, ताल निर्माण, गोही संरक्षण र पार्कको सतह सुधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १० लाख र जनसहभागिताको कार्यक्रमबाट १४ लाख, जनसहभागितात्मक कार्यक्रमबाट ३ लाख ५० हजार, ६ लाखको लागतमा धर्मशाला निर्माण भएका छन् । यस्तै प्यूठान जिल्लामा पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत विभिन्न गतिविधिहरु सम्पन्न भएका छन् । जसअन्तर्गत स्वर्गद्वारी आश्रममा सुविधा सम्पन्न धर्मशाला निर्माणमा १ करोड १३ लाख ८३ हजार, पर्यटन मन्त्रालयबाट पाकशाला निर्माणमा २५ लाख विनियोजन भएर काम भइरहेको छ । यस्तै गौमुखीमा रेलिङसहितको बाटो (सिँढी) निर्माण कार्यमा १० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २ लाख २७ हजार ५ सयको लागतमा ओखरकोट क्षेत्रको पर्यटन विकासका लागि गुरूयोजना बनाइएको छ भने स्वर्गद्वारीको धनवाङस्थित होमस्टेमा १ लाख २० हजारको लागतमा कुक तालिम सम्पन्न भएको छ । जिल्ला विकास समिति अनुदान तथा आन्तरिक स्रोततर्फबाट तिराम–२ तिमिलेस्थित मन्दिरको संरक्षण गरिएको छ । यस कार्यमा रू. १ लाख खर्च भएको छ । यस्तै ९ लाखको लागतमा स्वर्गद्वारीमा सिँढी निर्माण, ‘स्वर्गद्वारी प्यूठान महोत्सव’ सम्पन्न, ओखरकोट क्षेत्रको विस्तृत अध्ययन कार्य सम्पन्न लगायतका गतिविधिहरु सम्पन्न भएका छन् । यस्तै पर्यटकीय क्षेत्रका हिसाबले महत्वपूर्ण रुकुम जिल्लामा पनि विभिन्न गतिविधिहरु भएका छन् । जस अन्तर्गत स्यार्पु तालमा भ्यू–टावर निर्माण, स्यार्पु महोत्सव सम्पन्न, राजकोट पर्यटन महोत्सव, १३५ मिटर अग्लो सिमछहरी झरनामा साहसिक खेल क्यानोनिसिङको सफल परिक्षण, ५९११ मिटर अग्लो सिस्ने हिमालको सफल आरोहण, सानी भेरी नदीमा ¥याफ्टिङ परिक्षण सम्पन्न भएका छन् । यस्तै थवाङ–जेलवाङ पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण, गुरिल्ला पदयात्रा मार्गमा साइनेज लगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण, उमावि चुनवाङमा मोतिराम भट्टको शालिक स्थापना, ६ वटा गाविसका ऐतिहासिक तथा पर्यटकीय सम्पदाहरूको संरक्षण, तकसेरामा आदिवासी जनजाति कला सांस्कृतिक महोत्सव–२०७२ सञ्चालन, सिस्ने–आठबिसकोट र तकसेरामा होम स्टे तालिम सञ्चालन, मुसीकोटमा पर्यटन सूचना केन्द्र सम्बद्र्धन, पर्यटन वृत्तचित्र निर्माण, स्यार्पू ताल क्षेत्रमा सूचना केन्द्र स्थापना, पर्यटन समृद्धिको बाटोमा रुकुम नामक पुस्तकको अध्ययन र प्रकाशन, स्टार मिडिया र एन.टि.भी.मा रुकुमको पर्यटन सम्बन्धी विषयको प्रचारप्रसार लगायतका थुर्पै पर्यटन सम्बन्धी गतिविधिहरु रुकुम जिल्लामा सम्पन्न भएका छन् । यसैगरी रोल्पा जिल्लामा पनि विभिन्न पर्यटन प्रवद्र्धन सम्बन्धी गतिविधिहरु सम्पन्न भएका छन् । जसअन्तर्गत शिव पार्वती गुफा झेनाममा खानेपानी टंकी, शौचालय र पार्किङ स्थल निर्माण, गढी लेकमा भ्यू–टावरको पूर्वाधार निर्माण, थवाङको मन्दिरमा बाटो, रेलिङसहितको सिँढी र शान्ति स्मारक पार्क निर्माण, स्वर्गद्वारी प्रभुको जन्मस्थल रून्टीसम्म पुग्ने मार्ग निर्माण, होमस्टे सञ्चालन, युद्ध पर्यटन प्रबद्र्धन गर्न सखी–३ खर्चे्स्थित माओवादी सेनाहरू राखिएको क्यान्टोनमेन्ट क्षेत्र र त्यहाँका संरचनाहरूलाई संरक्षण गर्न गेटसहित तारबार लगायतका थुर्पै गतिविधिहरु सम्पन्न भएका छन् । यस्तै सल्यान जिल्लामा खैरावाङ भुवनेश्वरी मन्दिर संरक्षण अन्तर्गत टेवा पर्खाल निर्माण, छायाँक्षेत्रस्थित छत्रेश्वरी मन्दिर परिसरमा तारबार, सत्संग भवन निर्माण, श्रीनगर बजारमा विश्राम स्थल, लक्ष्मीपुरस्थित सतीदेवी पीठमा बाटो मर्मत, कुपिन्डे दहमा प्रतीक्षालय र दह किनारासम्म सडक निर्माण, छायाँक्षेत्रस्थित छत्रेश्वरी भगवती मन्दिर क्षेत्रमा बृद्धाश्रम भवन निर्माणलगायतका गतिविधिहरु सम्पन्न भएका छन् । यस्तै राप्ती अञ्चल स्तरिय पर्यटन समितिले यस आर्थिक वर्षमा ‘राप्ती पर्यटन भित्ते पात्रो’ प्रकाशन, “राप्ती पर्यटन बुलेटिन” र राप्ती अञ्चलका पाँचै जिल्लामा रहेका मुख्य पर्यटकीय स्थल÷सम्पदाहरूको विस्तृत अध्ययन तथा छायाङ्कन कार्यको थालनी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!