2026-11-04 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा ६७ जना एचआइभी संक्रमित

कात्तिक ९, रोल्पा (रासस) : रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ । 

जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् । संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआइभीको संक्रमणको शिकार भएका छन् । 

संक्रमितमध्ये ३२ ले नियमित औषधि सेवन गरिरहेका छन् । रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएकाहरू नै बढी मात्रामा एचआइभी संक्रमित देखिएको संस्थाका अध्यक्ष राधा नेपालीले बताउनुभयो । 

संक्रमितलाई नियमित परामर्श दिने तथा नयाँ बिरामीसमेत पहिचान गर्ने काममा आफूहरु लागिरहेको अध्यक्ष नेपालीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै