२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आईतबार पनि भालुवाङ्ग बजार खुल्ने

२०७२, १२ भाद्र शनिबार ०१:२०

dang bajarसन्तोषकुमार गुप्ता/ भालुवाङ्ग १२ भदौ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको कार्य क्षेत्र भित्र साप्ताहिक रुपमा आईतबार बजार बन्द हुदै आएकोमा भदौ १३ गते आईतबार देखि मंसिर २७ गते सम्म बजार खोलिने भएको छ ।

संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा हालै भएको बैठकले मंसिर २७ गते सम्मका प्रत्येक आईतबार बजार बन्द नगर्ने निर्णय गरेको हो । नेपालीहरुको महान् चार्ड रक्षाबन्धन, गाईजात्रा, कृष्णजन्म अष्टमी, तीज, दशैँ तिहार र छड पर्व तथा थारुहरुको महान्पर्व अटवारी र लगातारको बन्दको प्रत्यक्ष मारमा उपभोक्ता, उद्योगी, व्यपारी र सर्वसाधारण परेकोले मंसिर सम्म प्रत्येक आईतबार साप्ताहिक बजार बन्द नगर्ने निर्णय गरेको संघका महासचिव कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

बिगतका बर्षहरुमा समयमा बजार नखुलाउँदा व्यापक गुनासो आएकोले यस बर्ष व्यापारीहरुको गुनासो आउन नपाउँदै बजार खुलाएको महासचिव सुवेदीले बताए । उद्योग बाणिज्य संघ उद्योग, व्यपारीहरुको छाता संगठन हो, व्यपारीहरुको मर्म र अवसर बुभmने दायित्व पनि हाम्रै भएकोले यस बर्ष चाँडै नै साप्ताहिक बजार खोल्ने निर्णय गरेका हौँ उनले भने । यस बर्ष बन्द हड्ताल पनि बढी नै भएका छन् यसको मार समेत व्यापारी र सर्वसाधारणहरु परेकोले पनि भदौ बाटै बजार खोल्ने सुवेदीले बताए । संघको कार्यक्षेत्र लालमटिया र गोबरडिहा गाविसका उद्योग, व्यपार र पसलहरु आईतबार खुल्ने छन् । यस बर्ष समयमै साप्ताहिक बजार खुलाउने निर्णय भए पछि उद्योगी व्यपारीहरु समेत हर्षित भएका छन् ।
बैठकमा संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, बरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य, उपाध्यक्ष रामबहादुर सुनार, सचिव प्रेमबहादुर केसी, कोषाध्यक्ष युवराज न्यौपाने, सदस्यहरु ब्ृहस्पति श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, हिमानन्द पाण्डे, माधव श्रेष्ठ, श्रीधर खत्री, टोपबहादुर कार्की, सल्लाहकार नुमानन्द सुवेदी, गञ्जबहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण संघका महासचिव कृष्णप्रसाद सुवेदी र संघका कार्यालय सचिव सन्तोषकुमार योगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा