१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आईतबार पनि भालुवाङ्ग बजार खुल्ने

१२ भाद्र २०७२, शनिबार ०१:२०

dang bajarसन्तोषकुमार गुप्ता/ भालुवाङ्ग १२ भदौ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको कार्य क्षेत्र भित्र साप्ताहिक रुपमा आईतबार बजार बन्द हुदै आएकोमा भदौ १३ गते आईतबार देखि मंसिर २७ गते सम्म बजार खोलिने भएको छ ।

संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा हालै भएको बैठकले मंसिर २७ गते सम्मका प्रत्येक आईतबार बजार बन्द नगर्ने निर्णय गरेको हो । नेपालीहरुको महान् चार्ड रक्षाबन्धन, गाईजात्रा, कृष्णजन्म अष्टमी, तीज, दशैँ तिहार र छड पर्व तथा थारुहरुको महान्पर्व अटवारी र लगातारको बन्दको प्रत्यक्ष मारमा उपभोक्ता, उद्योगी, व्यपारी र सर्वसाधारण परेकोले मंसिर सम्म प्रत्येक आईतबार साप्ताहिक बजार बन्द नगर्ने निर्णय गरेको संघका महासचिव कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

बिगतका बर्षहरुमा समयमा बजार नखुलाउँदा व्यापक गुनासो आएकोले यस बर्ष व्यापारीहरुको गुनासो आउन नपाउँदै बजार खुलाएको महासचिव सुवेदीले बताए । उद्योग बाणिज्य संघ उद्योग, व्यपारीहरुको छाता संगठन हो, व्यपारीहरुको मर्म र अवसर बुभmने दायित्व पनि हाम्रै भएकोले यस बर्ष चाँडै नै साप्ताहिक बजार खोल्ने निर्णय गरेका हौँ उनले भने । यस बर्ष बन्द हड्ताल पनि बढी नै भएका छन् यसको मार समेत व्यापारी र सर्वसाधारणहरु परेकोले पनि भदौ बाटै बजार खोल्ने सुवेदीले बताए । संघको कार्यक्षेत्र लालमटिया र गोबरडिहा गाविसका उद्योग, व्यपार र पसलहरु आईतबार खुल्ने छन् । यस बर्ष समयमै साप्ताहिक बजार खुलाउने निर्णय भए पछि उद्योगी व्यपारीहरु समेत हर्षित भएका छन् ।
बैठकमा संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, बरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य, उपाध्यक्ष रामबहादुर सुनार, सचिव प्रेमबहादुर केसी, कोषाध्यक्ष युवराज न्यौपाने, सदस्यहरु ब्ृहस्पति श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, हिमानन्द पाण्डे, माधव श्रेष्ठ, श्रीधर खत्री, टोपबहादुर कार्की, सल्लाहकार नुमानन्द सुवेदी, गञ्जबहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण संघका महासचिव कृष्णप्रसाद सुवेदी र संघका कार्यालय सचिव सन्तोषकुमार योगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार