Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २२ चैत्र आईतवार
पाँचथर - PCT

फाल्गुनन्दको शालिक अनावरण प्रधानमन्त्रीले गर्ने

२०७५, १० कार्तिक शनिबार ०६:०२


 कमल घिमिरे।कातिक१०। पाँचथर,राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १सय ३४ औ जन्म जयन्ती पाँचथरमा भब्यताका साथ मनाइने भएको छ ।

 जन्म जयन्ती मूल समारोह समितीले आगामी कार्तिक २३ गतेदेखि २५ गते सम्म विविध कार्यक्रम गरी मनाइने आयोजक मूल समारोह समितीले आज सरदमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ ।

 प्रधानमन्त्री ओलीले कार्तिक २५ गते बिहान सुम्हात्लुङ गढी स्थित मेची इङलिस बोडिङ स्कूल परिसरमा अवस्थित किरात माङहिम उद्घाटन र महागुरु फाल्गुनन्दको सालिक अनावरण,गुरु गुरुआमाज्यूहरु बाट चरु हवन तथा नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको भएको छ ।

त्यसैगरी कार्तिक २५ गते दिउँसो फिदिमको शनिबारे बजारमा रहेको महागुरु फाल्गुनन्दको शालिक प्रधानमन्त्री ओलीले अनावरण गर्ने कार्यक्रम तय भएको मूल आयोजक समितीका अध्यक्ष डकेन्द्रसिङ थेगिमले बताउनुभयो ।

यस कार्यक्रमलाई सफल पार्न जिल्लाका विभिन्न १५ वटा संघ संस्थाहरुले सहयोग गरेका छन् ।

 यस कार्यक्रमको मुख्य प्रर्वद्धक फिदिम नगरपालिका रहेको र अन्य विभिन्न देश विदेशमा रहेका संघ संस्था तथा भक्तजनहरु बाट सहयोग मागेर कार्यक्रम सफल पार्ने मूल आयोजक समारोह समितीका सचिव सुवास तुम्बापोले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते