सास । कात्तिक १०, बर्दिया ।

बर्दियाली साहित्यिक, धार्मिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको छैठौं वार्षिक स्मृति एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिक तथा सर्वसाधारणहरुका लागि एक दिने निःशुल्क का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । कात्तिक १०, बर्दिया ।

बर्दियाली साहित्यिक, धार्मिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको छैठौं वार्षिक स्मृति एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिक तथा सर्वसाधारणहरुका लागि एक दिने निःशुल्क का"/>

2026-09-13 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

‘कविगुरु’ को स्मृतिमा निःशुल्क कान शिविर सम्पन्न

सास । कात्तिक १०, बर्दिया ।

बर्दियाली साहित्यिक, धार्मिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको छैठौं वार्षिक स्मृति एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिक तथा सर्वसाधारणहरुका लागि एक दिने निःशुल्क कान शिविर शनिबार सम्पन्न गरिएको छ ।


‘कविगुरु’ यज्ञ प्रसाद सुवेदी प्रतिष्ठान बर्दियाको आयोजना तथा श्री पशुपति शान्ति शिवालय, सुदामा वृद्ध सत्सङ्ग समिति बढैयाताल –८, पशुपतिबजार बर्दियाको समन्यव र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा ब्रिनोज कान स्वास्थ्य स्यहार केन्द्र नेपालगञ्ज शाखा कार्यालय गुलरियाको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो ।

शिविरको उद्घाटन गर्नुहुँदै बढैयाताल गाउँपालिका उपाध्यक्ष दीपा गौतमले कविगुरुको योगदान बढैयातालबासीको लागि अनुकरणीय रहेको स्मरण गर्नुहुँदै वहाँको साथमा रहेर आफूले पनि आध्यात्मिक ज्ञानज्ञुनका कुराहरु सिक्न पाएको स्मरण गर्नुभयो । यस्ता सामाजिक कार्यहरुका लागि आगामी दिनमा गाउँपालिकाले पनि सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । यसैगरी विशेष अतिथिका रुपमा रहनुभएका वडा नं. ८ का अध्यक्ष सुन्दरमान श्रेष्ठले कविगुरुको सम्झनामा यस्तो पुण्य कार्य गर्ने सुवेदी परिवारबाट आजको समाज र सम्पूर्ण घरपरिवारबाट संस्कार र आदर्श सिक्नुपर्ने कुरा बताउनुहुँदै आफुले पनि कविगुरु यज्ञप्रसाद सुवेदीका भजनहरु तथा प्रवचनहरु सुनेको स्मरण गर्नुभयो । साथै वडाहरुमा यस प्रकारका सामाजिक कार्यहरु गर्दा वडासँग समन्वय गर्नुपर्ने बताउनुहुँदै वडा तथा गाउँपालिकाको तर्फबाट पनि कुनै पाटोमा सहकार्य गर्न सकिने बताउनुभयो ।

 

यसैगरी सामाजिक अध्येता अयोध्या प्रसाद श्रीवास्तवले समाजमा मानिस जन्मेर मर्नु नै छ तर त्यो मानिस मात्र मानिस हो जसले मानिको सेवा गर्दछ भन्नुहुँदै, ‘सेवाको भावना नभएको मानिस पशु सरह हुने कुरा औंल्याउनुभयो ।’ 

यसैगरी ब्रिनोज कान स्वास्थ्य स्यहार केन्द्र नेपालगञ्जका प्रमुख पुरण थारुले यसरी सेवाको कार्यमा जुट्न पाउँदा खुशी लागेको बताउनुयभो भने शाखा कार्यालय गुलरियाका प्रमुख कान स्वास्थ्य अधिकृत दिपक वि.सी. ले आफूूले पनि आफ्ना पिता तथा ससुरा बुबाको सम्झनामा नियमित रुपमा यसरी शिविर सञ्चालन गर्ने गरेको स्मरण गर्नुहुँदै यसरी परोपकारी कार्यमा समर्पित भएका कार्य गर्न पाउँदा निकै आनन्द लागेका बताउनुहुँदै यसरी नै सेवा दिनका लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगञ्जको शाखा गुलरियामा सञ्चालनमा आएको बताउनुभयो । 


कविगुरु यज्ञ प्रसाद सुवेदी प्रतिष्ठानका संरक्षक तथा  कविगुरु धर्मपत्नी भीमा सुवेदीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण कमलनाथ सुवेदीले गर्नुभएको थियो । 

शिविरमा कूल १ सय ३९ जना मध्ये ७० जना पुरुष, ६९ जना महिलाहरुको कान परीक्षण गरिएको थियो । जसमध्ये ८४ जना जेष्ठ नागरिकहरुको कान परीक्षण गरिएको थियो । यसरी परीक्षण गरिएकाहरुमध्ये ७ जनालाई अपरेसनका लागि, ६० जनालाई विशेष फलोअप उपचारका लागि रेफर गरिएको छ भने १५ जनालाई कान सुन्ने उपकरण लगाउने पर्ने सल्लाह दिइएको थियो । शिविरमा २३ जना बालबालिकाहरु र ३२ जना युवायुवतीहरुको समेत कान परीक्षण तथा औषधि वितरण गरिएको थियो । 

शिविरमा अत्याधुनिक प्रविधिको प्रयोग (अडियोग्राम) गरी कानको श्रवण शक्ति समेत परीक्षण गरिएको थियो । 

जिल्लाको सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा क्रियाशील रहनुभएका ‘कविगुरु’ यज्ञप्रसाद सुवेदीको मुटुमा समस्या देखिएपछि वि.सं. २०५२ सालदेखि निरन्तर १८ वर्षसम्म पेस मेकरबाट जीवन चलेकोमा अन्ततः वि.सं. २०७० साल कात्तिक १ गते भौतिक रुपमा विदा हुनुभएको थियो । 

साहित्यका विभिन्न विधाहरुमा वहाँका १४ ओटा साहित्यिक कृतिहरु प्रकाशित रहेका छन् भने अन्य दर्जनौं अप्रकाशित पाण्डुलिपीहरु प्रकाशनको क्रममा रहेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले