Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीको घुमुवा हुँदै भन्दै लुटपाट गर्ने दुई जना कुस्मा पक्राउ

२०७५, ११ कार्तिक आईतवार ०३:५७

पर्वत/प्रहरीको घुमुवा हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ ।


पर्वतको कुस्मा नगरपालिका वडा नं ५ का सरोज परियार र रसिद दिनलाई प्रहरीको सिआइडी हुँ भन्दै लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो ।
कुस्मामा लुकिछिपी हिड्दै गरेको अवस्थतामा परियार र दिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुले कुस्मा नगरपालिका – ७ का रन्जित पौडेल र अभिशेक परियारको साथबाट २ वटा मोवाईल सेटहरु ,साउण्ड सिस्टम र नगद ४ हजार ५ सय लुटपाट गरेका थिए ।


पक्राउ परेका सरोज परियार र दिन यस अघि पनि बिभिन्न अपराधमा संलग्न भएको पाइएको छ । उनलाई २ पटक जिल्ला प्रहरी कार्यालय पर्वतवाट चोरी गरेको आरोपमा सार्वजनिक मुद्दा चलाइएको थियो भने एक पटक ज्यान मार्ने उधोग मुद्धा चलेको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीवाट लागु औषध मुद्धामा अनुसन्धान भएको प्रहरीले जनाएको छ । रसिद दिन यस पुर्व जिल्ला प्रहरी कार्यालय पर्वतवाट चोरी मुद्धामा संलग्न भई जिल्ला कारागार पर्वतवाट सजाय भुक्तान समेत गरेका थिए ।  प्रहरीको घुमुवा हुँदै भन्दै लुटपाट गर्ने दुई जना कुस्मा पक्राउ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ