२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रदेश नं ५ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु

२०७५, ११ कार्तिक आईतवार ११:०१

बुटवल, ११ कात्तिक | समुदाय–प्रहरी साँझेदारी कार्यक्रम प्रदेश नं ५ मा आजदेखि शुरु भएको छ । अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ सो कार्यक्रम शुरु गरिएको हो । 

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नागरिकसँगको सम्बन्धलाई सुमधुर र विश्वसनीय बनाउने दायित्व प्रहरीको भएको चर्चा गर्दै कानूनको उल्लङ्घन गर्नु अपराध हुने बताउनुभयो । प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले स्थानीय सरकारको नेतृत्वमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिँदै विद्यालय र सम्पर्क कार्यालयको सुझावमा पाठ्यक्रम निर्धारण गरिएको बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मा, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून सचिव डा मानबहादुर विके, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्य, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय सचिव गोविन्द खनाललगायतले समुदाय प्रहरी साझेदारी कार्यक्रमले जनचेतना वृद्धि गर्न सहयोग मिल्ने बताउनुभयो । 

सो कार्यक्रमबाट सुरक्षा व्यवस्थापनमा जनसहयोग वृद्धि गर्ने, सङ्गठित अपराधको सञ्जाल निस्तेज र नियन्त्रण गर्ने, राष्ट्रिय सुरक्षा र सरोरकार विषयमा राष्ट्रिय सहमति बढाउने र कानूनको शासनप्रति सम्मान प्रर्वद्धन तथा न्यायपूर्ण शासकीय प्रणालीको विकास हुने बताइएको छ । सातसय त्रिपन्न स्थानीय तहसम्म पुग्ने गरी १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक सो कार्यक्रममा सहभागी हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते