याम परियार (शिव)

महाशिला गाउँपालिका ४ पाखापानीकी टोप कुमारी खत्रीमाथि स्थानीयबासीले आक्रमण गरेका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष पूर्णबहादुर मल्ल सहितको समुहले जवजस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको गुनासो  छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... याम परियार (शिव)

महाशिला गाउँपालिका ४ पाखापानीकी टोप कुमारी खत्रीमाथि स्थानीयबासीले आक्रमण गरेका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष पूर्णबहादुर मल्ल सहितको समुहले जवजस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको गुनासो  छ ।

2026-09-15 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

६० बर्षिया बृद्ध टोपकुमारीको विलौना, ढिडो खान समेत दिएन, मलाई कुटपीट गरेर लुटे (भिडियो सहित)

याम परियार (शिव)

महाशिला गाउँपालिका ४ पाखापानीकी टोप कुमारी खत्रीमाथि स्थानीयबासीले आक्रमण गरेका छन् । आफ्नो निजि जग्गामा वडाध्यक्ष पूर्णबहादुर मल्ल सहितको समुहले जवजस्ती डोजर प्रयोग गरेको र रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको गुनासो  छ ।

 खत्रीले सहारापाटीसँग भनेकी छिन् साँढेँ ११ बजे म घाँस ल्याएर ढिडो खाँदै थिए, तँलै ढिडो खालीस अब तँलाई बाँधेर कारवाही गर्ने हो भन्दै अपरहण गरेर ममाथि अमानविय व्यवहार गरे । मेरो घरमा लट्टीपट्टी पारे ।  

आफ्नो जग्गा दिन्न भन्दा पनि आफूमाथि अमानवीय व्यवहार गरे, मलाई नाग्गेबुङ्गे पारे, मेरो ज्यान काम लाग्ने भएको छैन मैले न्याय पाइन । उनले भनिन् । आफूले न्याय नभएको भन्दै राज्यनै आफूमाथि लागेको बताएका छिन् ।

सोही वडाका बलवहादुर खत्रीले आफ्नी छोरी माथि वडाध्यक्ष सहितको समुहले संघातिक आक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 

पीडित खत्रीले आफ्नो नीजि जग्गामा जवरजस्ती हडप्न खोजेको भन्दै वडाध्यक्ष मल्ल र सोहि ठाउँका यामवहादुर भण्डारीका विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको हो । पीडित खत्रीका अनुसार महाशिला –४ साविक पाखापानी गाविस–४ चियान डाँडामा रहेको कित्ता नम्वर १८७ को क्षे.फ १ रोपनी २ आना १ पैसा २ दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडप्न खोजेको बताए ।

गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवामा आएको २०–३० जनाको समुहले आफुले एकलौटी हक भोग गरेको जग्गामा बिना अनुमती डोजर प्रयोग गरेको खत्रीको गुनासो छ । कोटपिटको क्रममा तिन तोलाको सिक्रि, नगद ४ हजार,कोदालो, १ तोलाको औंठी लगेको खत्रीको आरोप छ । डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गनृुका साथै हातपात गरि खरबारीमा समेत आगो लगाईदिएको खत्रीले बताउनु भयो ।

उहाँले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रसासन संग सुरक्षाको माग गर्नुभएको छ । आफुमाथी उक्त घटनाको विषयलाई लिएर दैनिक धम्कि आईरहेकाले खत्रीले सुरक्षाको माग गर्नुभएको हो । साथै उहाँले दोषीमाथी कारबाहीको माग गर्नुभएको छ । यता वडाध्यक्ष पुर्णवहादुर मल्लले आफुले त्यस्तो नगरेको दावी गर्नुभयो । ‘त्यो बाटो पहिल्यै निर्माण भईसकेको थियो उनले भने,‘ अहिले चक्लाबन्द गर्ने क्रममा विवाद भएपछि बाटो खन्न रोकिएको छ ।’ आफु वडाको विकासमा दिनरात खटेको बताउँदै कसैलाई पक्षपात नगरि वडाको समान तवलले विकास गर्ने बताउनु भयो ।

महिलामाथि अमानवीय व्यवहार हुदाँ समेत मानवअधिकारबादी संघसंगठन मौन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ