८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१५ भाद्र २०७२, मंगलवार ०६:०२

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । अमृत जनस्वास्थ्य सहकारी संस्थाद्धारा सञ्चालित अमृत जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा प्यूठानको बाङ्गेसाल—७ सत्य माध्यमिक विद्यालय ददेरीमा एक दिने निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।

शिविरमा ददेरी, गनाहा, चैते शान्तिपुर, बाहुनीपाटा, मछीताल, घोसखोला र अर्घाखाँचीको बडीदमार, चिसापानी लगायतका गाउँबाट १ सय २५ जना बिरामीहरुले निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार गराएका थिए ।

शिविरमा ज्वरो, टाईफाईट, रुखाखोकी, झाडापखाला, ढाँड कम्मर दुख्ने, ग्यास्टिक, आँउ, ब्लड प्रेसर र युरिकेसिड लगायतका बिरामी फेला परेको अमृत जनस्वास्थ्य सेवा केन्द्रका कार्यालय प्रमुख केशवराज आचार्यले जानकारी दिए ।

शिविरमा १५ जना जटिल रोगका बिरामीहरुलाई बिशेषज्ञ सेवाका लागि रिफर गरिएको थियो । शिविरमा सेवा केन्द्रले १५ हजार बराबरको निशुल्क औषधी बितरण गरिएको थियो भने स्वास्थ्य चेक जाँच बरिष्ठ चिकित्सक हरिबहादुर सुनारले गरेका थिए । शिविरमा स्वास्थ्यकर्मी केशवराज आचार्य र निर्मला आचार्यले समेत सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु राप्रपाका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अब अझै सशक्त बन्ने बताए साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ मोबाइल लुटपाटमा संलग्न तीनजना पक्राउ वैशाख महिनाभरमा आठ संघीय अस्पतालमा १५ सेवा थप तथा विस्तार हुँदै नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्दै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.संजिव कुमार शर्मालाई बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ