२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पाँचौ चन्द्रौटा महोत्सव मंसिर ६ गतेवाट हुने

१३ कार्तिक २०७५, मंगलवार ०९:१०

कार्तिक १३, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटा मंसिर ६ देखि १६ गतेसम्म पाँचौं चन्द्रौटा महोत्सव हुने भएको छ ।व्यापार संघ कपिलवस्तुको आयोजनामा हुने पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा ब्यापार महोत्सव २०७५ को तयारी सुरु भएको ।

“कृषि पर्यटन उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सव नजिकिँदै जाँदा आयोजक तयारीमा जुटेको आयोजक समितिका संयोजक महादेव पोख्रेलले वताए । गत वर्षकै स्थानमा महोत्सव हुने वताइएको छ ।अहिले महोत्सव स्थलमा तारवार र स्टल निमार्णको काम धमाधम भइरहेको छ  । मेलालाई सभ्य र भब्य रूपमा सफल पार्न ३२ सदस्यीय मूल समिति र १३ सदस्यीय सचिवालय निर्माण गरिएको छ ।महोत्सवमा २६४ स्टलहरु रहने स्टल संयोजक नवराज न्यौपानेले वताए ।


स्थानीय ब्यापारीहरूका लागि स्टलमा बिशेष छुटको पनि ब्यवस्था रहेको आयोजकको दावी छ  । स्थानीय उत्पादन एवं पर्यटनको प्रचारप्रसार, संरक्षण, सम्बद्र्धन र बजारीकरणका साथै शिवराज नगरक्षेत्रका प्रसुति सेवा केन्द्रलाई विशेष सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समिति संयोजक पोखरेलले जानकारी जनाए । महोत्सव संचालनले जिल्लाको चन्द्रौटा क्षेत्रका कृषि, उद्योग, व्यापार व्यवसाय तथा ऐतिहासिक, पूरातात्विक, धार्मिक एवं पर्यटकीय स्थलहरूको वृद्धि विकास, प्रवद्र्धन र प्रचारप्रसारमा थप टेवा पुग्ने वताइएको छ ।

महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादन, हस्तकला जडीबुटीहरूको प्रदर्शनी र बिक्री वितरणका स्टलहरू रहने आयोजक संस्थाका महासचिव जगत पौडेलले बताए । महोत्सवलाई थप आकर्षण बनाउन बाल उद्योन, मौतका कुवा, रोटे पिङ, जादुगर, कुस्ती खेल, पाँचौं डान्स आइडल, थारु भेषभुषासहितको नृत्य प्रतियोगिताका साथै राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने महासचिव पौडेलले जनाए । यसैगरी जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरूको फोटो प्रदर्शनी महोत्सवको अर्को महत्वपूर्ण विशेषता रहेको आयोजक संस्थाका सचिव गोपाल बन्जाडेले जानकारी दिए  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने