२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी

२०७५, १३ कार्तिक मंगलवार ०९:३०

कात्तिक १३, विदुर | देवानी तथा फैज्दारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी छन् । 

नयाँ बनेको कानूनमा पुरुषले पनि सीधै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएका कारण केही जिल्लामा सम्बन्धबिच्छेद गर्नेमा पुरुषकै सङ्ख्या बढे पनि यहाँ भने महिला नै बढी रहेको नुवाकोट जिल्ला अदालत जनाएकोे छ । 

गत भदौ १ गतेदेखि उक्त अदालतमा अहिलेसम्म दर्ता भएका ३५ सम्बन्धबिच्छेदका मुद्दामध्ये १३ पुरुष र २२ वटा महिलाले दायर गरेको उक्त अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जाराले बताउनुभयो । “अरु जिल्लामा भदौपछि उक्त मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुष नै बढी भएकामा यहाँ भने महिला नै बढी छन्, शायद कसैलाई नयाँ कानूनबारे जानकारी नभएर पनि हुन सक्छ ।” गत वर्ष उक्त अदालतमा १२६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकामा ९९ वटा फछ्र्योट भएको र २७ बाँकी रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते