१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दरभानमा स्वास्थ्यमा योग शिविर शुरु

१६ भाद्र २०७२, बुधबार ०६:३२

सन्तोषकुमार गुप्ता/भदौँ १६, भालुवाङ । प्यूठानको बाङ्गेसाल—६ दरभानमा ४ दिने स्वास्थ्य योग विज्ञान शिविर बुधबार देखि शुरु भएको छ । पतञ्जली योग समिती प्यूठानको आयोजनामा दरभान बजारमै योग शिविर शुरु भएको हो ।

शिविरको पहिलो दिनमा बाङ्गेसाल भरिका गाविस भरिका १ सय बढीको सहभागिता रहेको थियो । भदौको १९ गते कृष्णजन्म अष्टमी सम्म सञ्चालन हुने योग शिविरको प्रशिक्षकमा पतंञ्जली योग समितीका प्यूठान जिल्ला अध्यक्ष ओमहरि भट्टराई, योग समिती कै राप्ती अञ्चल प्रभारी देवराज आचार्य, योग प्रशिक्षक मोहनप्रसाद पन्थी र दामोदर रिजाल रहेका छन् ।

योग शिविर बिहान साढे ४ बजे देखि ६ बजे सम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ । स्वस्थ समाज निमार्ण गर्न सञ्चालन गरिएको स्वास्थ्य योग शिविर निशुल्क व्यवस्था गरिएको छ, पतंञ्जली योग समितीका प्यूठान जिल्ला अध्यक्ष ओमहरि भट्टराईले जानकारी दिनु भयो ।
पतञ्जली योग समिती बाङ्गेसाल ईकाई समितीका अध्यक्ष कन्कन लस्करको अध्यक्षता एवम् प्यूठान उद्योग वाणिज्य संघ सरुमारानी ईकाई समितीका अध्यक्ष कृष्ण राईमाझीको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको छ ।

योग समितीका प्रशिक्षक ओमहरि भट्टराइको स्वागत मन्तव्यबाट शुरु भएको शिविर उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले पछिल्लो समयमा नयाँ पिढीमा विभिन्न रोगहरुको संक्रमण बढ्न थालेको भन्दै योगको माध्यमबाट रोग कम गर्न योग शिविरबाट सिकेको सिपलाई देनिक प्रयोग गर्न सके सम्पूर्ण खाले रोगको संक्रमणबाट बच्न महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाईटी बाङ्गेसाल उपशाखाका उपसभापति दामोदर रिजाल यात्रीले गर्नु भएको पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार