Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा लागु औषधसहित दुई जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक १४, परासी (रासस) | पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।&nbsp;<br></p><p>इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।&nbsp;</p><p>उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ८० क्याप्सुल, नाइट्रोभेट ४४७ ट्याबलेट र फेन्सिड्रिल एक सय मिलीलिटरको ५० थान फेला परेको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>