कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शा"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका सबै स्थानीय तहमा फोन र इन्टरनेट विस्तार गर्ने

२०७५, १४ कार्तिक बुधबार ०३:४३

कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शाखाले जनाएको छ ।

स्थानीय तहको व्यवस्था कार्यान्वयनसँगै गाउँ गाउँमा खुलेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा व्यावसायिक कारोबारका लागि ल्यान्डलाइन फोन र इन्टरनेटको माग छ । मागअनुसार स्थानीय तह कार्यान्वयन भएको डेढ वर्षको अवधिमा जिल्लाका दुई बाहेक सबै स्थानीय तहमा फोन र इन्टरनेटको सेवा विस्तार भइसकेको शाखाका निमित्तप्रमुख केशव भुसालले बताउनुभयो ।

उहाँका अनुसार पैयुँ, मोदी र जलजला गाउँपालिकामा टेलिकमका सबै सुविधा र्पुयाइएको छ । फलेवासको मुख्य बजार देवीस्थान, खानीगाउँ, राहाले, कमलेबजार र मुडिकुवा लगायतमा दुई सयवटा ल्यान्डलाइन फोन वितरण गर्न लागिएको उहाँले बताउनुभयो । यसअघि टेलिकमले पैयुँ, मोदी र जलजला गाउँपालिकामा समेत ल्यान्डलाइन सेवा विस्तार गरिसकेको जनाएको छ । सदरमुकाम कुश्मामा पुरानै सेवा छ । टेलिकमका अनुसार कुश्मामा ल्यान्डलाइन प्रणालीको फोनका करिब १ हजार ५ सय उपभोक्ता छन् । त्यस्तै पैयुँमा दुई सय, जलजलामा १ सय ५० र मोदीमा तीन सय लाइन फोन विस्तार गरेको छ ।

ल्यान्डलाइन टेलिफोनसँगै एडीएसएल इन्टरनेट वितरण गर्ने भएकाले उपभोक्ताको माग बढेको टेलिकमका प्राविधिक बताउँछन् । विदेशिएका परिवारका सदस्य र टाढा रहेका आफन्तसँग बातचित गर्न सहज हुने भएपछि अहिले गाउँमा फोन लाइन जडानमा चासो बढेको छ । देवीस्थानका पूर्णकुमार श्रेष्ठले घरघरै टेलिफोन र इन्टरनेट आउने खबरले खुसी लागेको बताउनुभयो ।

टेलिकमले ल्यान्डलाइन सेवा नपुगेका गाउँमा समेत वाईम्याक्सको इन्टरनेट विस्तार धमाधम भइरहेको जनाएको छ । सयवटाभन्दा बढी टेलिफोन र इन्टरनेट सेवा माग भएमा ल्यान्डलाइन सेवा विस्तार गरिने टेलिकमले जनाएको छ । त्योभन्दा कम माग भएमा ताररहित वाईम्याक्स इन्टरनेट विस्तार गर्ने योजना रहेको भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित