2026-09-13 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र

रीता लामा | कात्तिक १४, घोराही | शहर बढेको छ, जनसङ्ख्या बढेको छ, मान्छेको काम पनि बढेको छ तर परिवारभित्रको सङ्ख्या क्रमश घट्दो छ । 

संयुक्त परिवार निरन्तर एकल परिवारमा परिणत हुदैछन् । फलस्वरुप पछिल्लो समय घरमा भएका वृद्धवृद्धा पनि एक्लिन थालेका छन् । सानो परिवारमा हुने थोरै आफन्त पनि बेफुर्सदिलो भएपछि वृद्धवृद्धासँग बसिबियाँलो गर्ने र उनीहरुको कुरा सुन्ने घट्दै गइरहेकाका कारण परिवारमा उनीहरु एक्लिने क्रम जारी छ । 

राष्ट्रका अमूल्य सम्पत्ति र इतिहास भनिएको ज्येष्ठ नागरिक समाजमा एक्लिन थालेपछि सरकारले उनीहरुका लागि दिवा सेवा केन्द्रको नीति अगाडि ल्याएको छ । हाल प्रत्येक स्थानीय तहले जिम्मेवारी लिने गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना हुन थालेको छ । 

दाङमा पनि विभिन्न स्थानमा आफन्त नभएकाको लागि वृद्धाश्रम र दिउँसोको समय व्यतित गर्नका लागि दिवा सेवा केन्द्र खुल्ने क्रम जारी छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अनुसार ‘दिवा सेवा केन्द्र’ भन्नाले ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिइ दिउँसोको समयमा हेरचाह गर्नका लागि यस ऐन बमोजिम स्थापना तथा सञ्चालन भएको घर, आश्रम वा यस्तै प्रकृतिका अन्य संरचना सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । 

सोहीअनुरुप अहिले जिल्लाका सबैजसो स्थानीय तहले आ–आफ्नो क्षेत्रमा दिवा सेवा केन्द्र स्थापनालाई प्राथमिकता दिएका छन् । घोराही उपमहानगरपालिका सबै वडामा दिवा सेवा केन्द्र स्थापना गर्ने प्रक्रिया जारी छ भने वडा नं १५ मा दिवा सेवा केन्द्र स्थापना भइसकेको छ । 

उपमहानगरपालिका, वडा कार्यालय र ज्येष्ठ नागरिक जिल्ला सङ्घको सहयोगमा सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभयो । जहाँ वृद्धवृद्धाका लागि सञ्चारका साधन टेलिभिजन, पत्रपत्रिका, सङ्गितका बाद्यबाधकका सामग्री, वृद्धवृद्धाको सुविधाका लागि फर्निचरको व्यवस्था गरिएको वडाअध्यक्ष पाण्डेले बताउनुभयो । केन्द्रमा वृद्धहरुलाई दिउँसोको समयमा चिया खाजाको व्यवस्था पनि गरिएको छ । जुन रकम स्थानीय तहले व्यहोर्नुपर्ने नियम छ । 

यस्तै तुलसीपुर उपमहानगरपालिका– ११ मोतिपुरमा पनि हाल सुविधा सम्पन्न दिवा सेवा केन्द्र स्थापना गरिएको छ । जहाँ दैनिक ५० देखि ६० जना वृद्धवृद्धा भेला हुने गरेको ज्येष्ठ नागरिक जिल्ला सङ्घका उपाध्यक्ष खुमानन्द अधिकारीले बताउनुहुन्छ । ज्येष्ठ नागरिक एक अर्कामा अनुभव साट्ने, आ–आफ्नो कला देखाउने गर्दछन् । 

ज्येष्ठ नागरिक राष्ट्रको गहना र अमूल्य सम्पत्ति भएको हुँदा उनीहरुको जगेर्ना गर्न सरकारले थालेको पहल सकारात्मक भएको उहाँले बताउनुभयो । जिल्लाका एक सय वडामा यस प्रकारको सेवा केन्द्र खोल्ने तयारी भइरहेको उहाँको भनाइ छ । तर योजना र नीति ल्याए पनि सरकारले प्रर्याप्त बजेट नदिँदा गैरसरकारी सङ्घ संस्थाको सहयोगमा केन्द्र सञ्चालन गर्नु परिरहेको उहाँको दुखेसो छ । 

यस्तै ज्येष्ठ नागरिक जिल्ला सङ्घका सचिव दधिराम खनाल अहिले आफूहरुले सडकमा जीवन बिताइरहेका ज्येष्ठ नागरिकका लागि जिल्लाको घोराही, लमही र तुलसीपुरमा वृद्धाश्रम सञ्चालनमा रहेको बताउनुभयो । सङ्घकै पहलमा र सरकारको नीतिअनुरुप स्थानीय निकायले खर्च व्यहोर्ने गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना भइरहेको उहाँले बताउनुभयो । 

जिल्लामा स्थापना भइरहेको दिवा सेवा केन्द्रका लागि निमित्त राष्ट्रसेवक कर्मचारी सङ्गठन र केही गैरसरकारी संस्था र स्थानीय निकायको सहयोग भइरहेको उहाँले बताउनुभयो । हाल घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रत्येक वडाले दिवा सेवा केन्द्रका लागि रु एक÷एक लाख बजेट विनियोजन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले