९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा शंकास्पद अवस्थामा दुई पुरुषको शव फेला

१५ कार्तिक २०७५, बिहीबार ०६:४६

कात्तिक १५, काठमाडौं | रौतहट जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव बरामद भएको छ।

गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव बिहीबर फेला परेको हो।

माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए।

मृतकको पहिचान खुल्न नसकेको तथा शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ। प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शवपरीक्षणको रिपोर्ट आएपद्धि मृत्युको कारण खुल्ने बताए। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो भारतीय विद्युत् मन्त्री काठमाडौँमा अस्थायी आवास निर्माण गर्न अनुदान वितरण कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल एक तोला सुनको मूल्य दुई लाख नजिक म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’ बर्सेनि बढ्दै चैते धानको आकर्षण बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित