2026-09-13 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वास्थ्यकर्मी नियमित नहुनु हुम्लाको मुख्य समस्या

रेशमराज रोकाया | कार्तिक १५, हुम्ला | हुम्लाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमति नबस्नु प्रमूख समस्या रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, हुम्लाको वार्षिक समिक्षा गोष्ठिमा हुम्लाका सात वटै स्थानिय तहको स्वास्थ्य प्रमूखले स्वास्थ्य क्षेत्रमा भए गरेको सबल र दुर्बल पक्षको बारेमा प्रस्तुती राख्ने क्रममा यस्तो खुलाशा भएको हो । 

जिल्लामा स्वास्थ्यकर्मी नियमित नहुनुको कारणले जिल्लाको स्वास्थ्य अवस्था कमजोर भएको समिक्षाका सहभागिको औंल्याई रहेको थियो । भौगोलिक विकटताको कारणस्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा कार्यरत हुन नसक्दा राष्ट्रिय कार्यक्रम नै प्रभावित हुने गरेको पाईएको छ । 

नेपाल सरकारले नियमित रुपमा स्वास्थ्यसँग सम्वन्धित विभिन्न कार्यक्रम हुम्लाका स्वास्थ्यकर्मीले सञ्चालन नगर्दा स्थानियले सास्ती भोगेको पाईएको छ । उता भरखरै कर्मचारी समायोजनमा हुम्लाबाट कुनै स्वास्थ्य संस्थामा एक जना पनि स्वास्थ्यकर्मी कार्यरत नरहने गरी सरुवा भए पछि अझ यसको मार बढी परेको छ । समिक्षामा प्रस्तुत गरिएको तथ्याँकको आधार मान्ने हो भने नाम्खा गाउँपालिकाको कुनै पनि स्वास्थ्य संस्थामा गर्भधारण परिक्षण गर्नको लागि महिला नगएको र सुत्केरीसमेत नभएको बताईएको छ ।

 त्यसै गरी खोप कार्यक्रम पनि राम्ररी सञ्चालन हुन नसकेको तथ्याँक प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय प्रमूख तुलसी प्रसाद अधिकारीले बताउनु भयो । गत वर्षमा हुम्लामा २ जना आमाले सुत्केरी अवधीमा ज्यान गुमाउनु परेको पनि उल्लेख गरिएको छ । 

स्वास्थ्य संस्थामा प्रयाप्त भौतिक संरचना नहुँदा सुत्केरी लगायत अन्य सेवा सुविधा प्रदान गर्नको लागि समेत समस्या भएको कार्यक्रमका सहभागिले बताएका थिए । जिल्लामा २२ वटा बर्थिङ्ग सेन्टर भएको भएता पनि सबै बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउनको लागि उपकरण नहुँदा समस्या उत्पन्न हुने गरेको छ । गत आर्थिक वर्षमा हुम्लामा ७ सय २४ जना महिला सुत्केरी भएको र यातायातको सुविधा समेत जिल्ला स्वास्थ्य कार्यालयले उपलव्ध गराएको छ । 

हुम्लाको स्वास्थ्य संस्था र यसको प्रभावकारिता अझ बढाउनको लागि यो समिक्षा गोष्ठि सफल हुने जिल्ला अस्पताल प्रमूख डा. टासी अञ्जुक लामाले बताउनु भयो । स्वास्थ्य क्षेत्रको सुधारको लागि आफुहरु लागि परेको भएता पनि यहाँ हुने गरेको विकृती विसंगती हटाउनको लागि अझै केही समय लाग्ने उहाँको ठहर रहेको छ । समस्या धेरै छन् त्यसलाई निराकरण गर्नको लागि सबै पक्षको सहयोग रहेमा चाँडै सुधार हुने लामाले बताउनु भयो । 

स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार लाग पर्ने र यहाँको समस्या बेलैमा मन्त्रालयमा जानकारी गराउन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधी सुशिल शाहीले बताउनु भयो । सुत्केरी महिला र बालबालिकाले भिटामिन ए पनि उपभोग गर्न नपाउनु हुम्लाको स्वास्थ्य क्षेत्रकाो लागि दुर्भाग्य भएको शाहीको भनाई रहेको थियो । 

गत वर्ष पालिका स्तरमा कार्यक्रम जाँदा अझ जिल्लाको स्वास्थ्य अवस्था खस्किएको, बेलैमा स्वास्थ्य संस्थाले तथ्याँक उपलव्ध नगराउँदा हुम्लाको स्वास्थ्य क्षेत्रको तथ्याँक समेत विश्वसनिय नरहेको देखिएको छ । कुनै पनि तथ्याँक राम्रोसँग उपलव्ध नहुँदा जिल्लाको तथ्याँक भण्डारणमा समस्या हुन गएको समेत स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य क्षेत्रको सुधारको लागि सबै सरोकारवाला पक्षले सकरात्मक सोच राख्न सकेमा चाँडै नै परिवर्तन हुने स्वास्थ्य निर्देशनालयका प्रतिनिधी किरण शर्माले बताउनु भयो । 

समस्याको समाधानको लागि सरोकारवाला निकायसँग समन्वयको खाँचो समेत रहेको शर्माको भनाई रहेको थियो । 

औषधी र उपकरण ढुवानीको लागि महँगो हवाई ढुवानी हुँदा र बजेट प्रयाप्त मात्रामा मन्त्रालयले नछुट्याउँदा समस्या हुने गरेको छ । देशको अन्य जिल्लाको अवस्थालाई मध्ये नजर गरी हुम्लाको स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुनु दुर्भाग्य भएको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक धु्रवराज सिँहले बताउनु भयो । जिल्ला अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको लागि बढी समय ड्युटी गर्नेलाई यसै वर्षबाट थप पारिश्रामिकको व्यवस्था गरिएको अस्पताल प्रमूख डा. टसी अञ्जुक लामाले बताउनु भयो । गत वर्ष ६ महिनाको लागि मात्र रकम छुट्याईएको भएता पनि यस वर्षबाट पुरै वर्षको सेवा उपलव्ध गराउने लक्षय जिल्ला अस्पतालले राख्दा स्वास्थ्यकर्मीको मनोबल उच्च हुन गएको लामाको ठहर छ । शहरी क्षेत्रको मूल्य दरमा यसै वर्षबाट जिल्ला अस्पतालले आफ्नो फार्मेसी सञ्चालन गरी सहुलियत दरमा औषधी समेत विक्रि वितरण गर्ने गरेकोले स्थानियलाई सहज हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले