Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरण: अधिकारकर्मी सामु बम दिदि-बहिनीले के भने ?

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर केसी | कात्तिक १६, कंचनपुर | बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको न्यायका लागि भन्दै शव फेला परेकै दिनदेखि आन्दोलनमा होमिएको दवावमुलक संघर्ष समितिसामु बम दिदिबहिनीले आफुहरुमाथी बिनाकारण जबरजस्त दोषारोपण थुपारिएको गुनासो पोखेका छन् ।

शुक्रबार दवावमुलक संघर्ष समितिका पदाधिकारी घटना बारे सोधपुछ गर्नका लागि भीमदत्त नगरपालिका–१८ निम्बुखेडा बम परिवारकै घर गएका थिए । दवावमुलक संघर्ष समितिका अगुवा महिला अधिकारकर्मी सामु रोशनी र बबिताले आधार तथ्यहिन ढङगबाट आफुहरुको बदनाम र चरित्र हत्या गरेर मानव अधिकारको उलङघन गरेको दुखेसो पोखेका थिए ।

दवावमुलक संघर्ष समितिका सदस्य रामेश्वरी रावलले घटनाका बारेमा बमदिदिबहिनीसंग सोधपुछ गरिएको बताए । ‘यस अघि हामीले उनीहरुसंग सोधपुछ नै नगरि आन्दोलन गरेका थियौँ, ‘उनले भनिन्, ‘आज हामी सबै अधिकारकर्मी महिला गएर सोधपुछ गरे ।’ उनीहरु पनि आफुहरु जस्तै महिला भएकाले महिलाका लागि अधिकार माग्दा अरु महिलाको पनि अधिकार खोसिएको महसुस गर्दै उनीहरुका विचार सुन्न समेत गएको बताए ।

‘सोधपुछका क्रममा बबिता बमले आफुलाई घटना बारे केही थाहा नभएको बताईन्,  ‘दवावमुलक संघर्ष समितिकी अगुवा महिला रावलले भनिन्, ‘बबिताले हामीसंग निर्मला आफ्नो साथी नभएकाले पनि चासो नै दिएन् ।’ रोशनीले साउन १० गते झण्डै सवा ११ बजेतिर निर्मला आफ्नो घर आएको र अम्बा खाएको, होमवर्क गरेर चटपटेको २० रुपैया समेत लगेर २ बजेपछि घर गएको आफुहरुलाई बताएको रावलले बताईन् ।

रोशनीका अनुसार सोही दिन निर्मला कान्छीआमा बस्ने घर भाँसी जाने कुरा गरेकी थिईन् । ‘हामीलाई बिना कारण निर्मला हाम्रो घर आएकै हुँदा फसाउन खोजिएको उनीहरुले गुनासो गरेको थिए । एउटा नारी भएपछि अरु नारुको पीडा नबुझेर आफुहरु बिरुद्धका महिला अधिकारकर्मीले अधिकार खोसिरहेको भन्दै बमदिदि बहिनीले दवावमुलक संघर्ष समितिको ध्यानाकर्षण गराएका थिए । हामीपनि नारी हौँ, हाम्रो पनि इज्जत होला, बिना कारण हामीमाथी यत्रो दोषारोपण गरियो, आफ्नो पढाई बिग्रीयो, जिन्दगीमाथी दाग लगाउने काम भएको रोशनी र बबिताले दवावमुलक संघर्ष समितिका पदाधिकारीले गम्भिर दुख व्यक्त गरेका छन् । बम परिवारले आफ्ना छोरीहरुको घटनामा सानो पनि संलग्नता भए कानुनको कठघरमा उभ्याउन समेत आग्रह गरेका थिए । बम परिवारले निर्मलाकै चिनेजानेको वरिपरिकै मान्छेबाट घटना घटाएको हुनसक्ने र एकदिन सत्य कुरा बाहिर आएरै छाड्ने जिकिर गरेका थिए । रोशनीले निर्मलाको आफुमात्रै घनिष्ठ साथी नभएकाले अरुपनि भएको र अरुमाथी अनुसन्धान नगरिएको बताएकी थिईन । दवावमुलक संघर्ष समितिले हल्लाकै भरमा प्रहरीले अनुसन्धान अघि बढाउँदा बम दिदिबहिनीमाथी बढि संका गरेको ठहर गरेका छन् । हल्लाको भरमा गर्नुभन्दा पनि सत्यतथ्यमा आधारित अनुसन्धानमा दवावमुलक संघर्ष समितिका महिलाले आग्रह गरेका छन् ।

नागरिक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले बम दिदि बहिनी र उनको परिवारसंग भेटघाट गरेको बताउदै रोशनी र बबिताका आमाबाबुले आफ्ना छोरी दोषि भेटिए फाँसिको सजाय सहन तयार रहेको बताईन् । संयोजक श्रेष्ठले भनिन्, ‘बम परिवारले भिडले जे भन्यो, त्यही एकोहोर हामीमाथी अनुसन्धान गरियो ।’

एकहोरो निर्मला हाम्रो घर आएकै आधारमा सबै निकायबाट एकहोरो आरोप थुपारिएको भन्दै आफ्नो परिवारमाथी भएको बर्जपातको मानवता हनन् भएको दुखेसो पोखेका थिए । दवावमुलक संघर्ष समितिले बम परिवारसंग सत्यका लागि सबैले लड्न र सहयोग गर्न समेत आग्रह गरेका थिए । नागरिक संघर्ष समितिले महिला अधिकारका नाममा निर्दोषको अधिकार खोस्न नहुने ठहर गरेको छ ।

बम दिदिबहिनीमाथी उतिबेला संका गरेर आन्दोलन गरेको नागरिक संघर्ष समितिले घटनालाई आरोप, प्रत्यारो संका भन्दा पनि सतही गरिराईमा गएर अनुसन्धान गर्न प्रहरीलाई सुझाव दिएको छ । घटना घटेको एकसय दिनमा दवावमुलक संघर्ष समितिका संयोजक श्रेष्ठ, सदस्य गंगा पाण्डे, प्रितिनिधर भण्डारी, लक्ष्मी थापा, रामेश्वरी रावल लगायतका महिला अगुवाले प्रत्यक्ष बम दिदिबहिनी र उनको परिवारसंग भेटघाट गरेर घटना बारे जानकारी लिएका थिए ।