पढ्न करिब 2 मिनेट लाग्छ

रेशमराज रोकाया | कात्तिक १७, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । लोक कल्याण संघ नेपालले लोक कल्याण संघ जर्मनीको आर्थिक सहयोगमा मातृ तथा शिशू स्वास्थ्य सुधार गर्ने उदेश्यले २०७५ साल असारबाट २ बर्षिय मातृत्व तथा शिशु स्वास्थ्य सुधार परियोजना अन्तरगत सामाग्री वितरण गरिएको हो ।

नाम्खा गाउपालिकाका बिभिन्न ३ वटा स्वास्थ्य चौकीलाई प्रसुती सेवाको लागी आबश्यक पर्ने औषधि एवं उपकरणहरु हस्तान्तरण गर्नुका साथै आगामी बर्षमा अन्य स्वास्थ्य चौकीलाई पनि प्रसुती सेवाको लागी आबश्यक पर्ने सहयोग गरिने जिल्ला परियोजना संयोजक शुशिला शाहले बताउनु भयो । प्रसुति गृहमा तालिम प्राप्त स्वास्थ्य कर्मचारी र अति आबश्यक औषधी सहितको उपकरणहरुको अभाबले गर्दा मातृ एवं शिशु मृत दर उच्च रहको हुनाले स्वास्थ्य चौकीमा कार्यरत ४ जना महिला स्वास्थ्य कर्मचारीलाई क्षेत्रिय स्वास्थ्य तालिम केन्द्र, बिराटनगरमा २ महिने आवासिय तालिम समेत दिईएको छ ।

सामग्रीको उचित प्रयोग र प्रभावकारिता बढाउनको लागि तालिम समेत प्रदान गरिएको छ । नाम्खामा हस्तान्तरण गरिएको उपकरणले आउने दिनमा प्रसुति सेवाले गाउँपालिकामा छिटो, छरितो र गुणस्तरिय प्रसुति सेवा दिन सहयोग हुने नाम्खा गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनु भयो । पालिकामा स्वास्थ्यको अवस्थालाई यस्ता खाले सामाग्रीले सहज स्वास्थ्य सुविधा प्रदान हुने अवस्था सिर्जना भएको छ । हुम्लाको अति नै भौगोलिक हिसाबले विकट मानिने नाम्खाबाट सुविधा सम्पन्न अस्पताल जिल्ला अस्पतालमा आउनको लागि पैदल ४देखी ५ दिन यात्रा गर्नु पर्ने अवस्था अझै रहेको छ ।