२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दुई महिलाबीच हातपात हुंदा दुबै घाइते

२०७५, १७ कार्तिक शनिबार १६:२९

चिसाङ शेर्पा | कार्तिक १७, खोटाङ | दिक्तेलमा दुइजना महिलाहरुविच झगडा हुंदा दुवैजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा दोर्पाकी यौन दुव्र्यबहारमा परेकी ३३ वर्षीय महिला र यौन दुव्र्यबहारको आरोप लागेका श्रीमानका श्रीमती सोही स्थानका (हाल दिक्तेलबजार बस्दै आएकी) रस्मिता आचार्य चौहान विच हातपात हुंदा दुवैजना घाईते भएका हुन् । 

शनिबार विहान दिक्तेलस्थित आफ्नो पसलको सामान काटीमा झुण्डाउदै गर्दा एक्कासी आएर अभद्र व्यवहार गर्दै श्रीमानको खोजी गरी पार्किङ गरेको मोटरवाईक नै लडाई दिएर जथाभावी वोलेपछि दुवै पक्षको हात हालहाल भएको पिडित महिला रस्मिताले बताईन् । रस्मिताको आखाँ, निधार, पछाडी कुमको पातामा असर पुगेको छ । 

यसअघि नै यौन दुव्र्यवहारमा परेकी महिलाले भने, शनिबार बिहान आफ्नो छोरालाई गाइघाट पठाउन रत्नपार्कमा वस चढाएर फर्कने क्रममा ‘मेरो श्रीमानलाई किन केष गरीस भन्दै’ गाली, वेइज्जत गरेर कपाल तानी लडाएको बताएकी छन् । रस्मिताको हातपातबाट पिडित महिलाको कपडा च्यातिएको छ । शरीरमा निलडाम नै निलडाम भएको र विशेषगरी घाँटीको पछाडी भागमा असर पुगेको छ । 

आफूलाई हातपात गर्दा सबैजना मुकदर्शक भएको र उनै रस्मिताको साथीले छुट्याएपछि भाग्दै प्रहरी बुथ रत्नपार्क पुगेर हार गुहार गरेर प्रहरी समक्ष पुगेपछि सादा पोशाकका प्रहरीले जिल्ला प्रहरी कार्यालय बाहिर पुर्याईदिएको उनले बताईन् । 

दुवै पक्षले आवाश्यक अनुसन्धान गरीदिन भनि प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कट्वालले बताए । दुवैलाई उपचारमा पठाएको र घट्नाको वारेमा प्रहरीले थप अनुसन्धान गर्ने प्रहरीले जानकारी दिएको छ । दुई महिलाविच पुराना रिसिवीका कारण हातपात भएको अनुमान गरिएको छ । पिडित दुई महिलामध्ये रस्मिताको श्रीमान लिला चौहान चिउरीडाँडाका वडाध्यक्ष हुन् । उनलाई घट्नामा संलग्न ३३ वर्षीय महिलाले जिल्ला अदालतमा यौन दुव्र्यवहार गरेको भन्दै मुद्दा हालेकी छन् । 

यता, नेपाल शिक्षक संघ जिल्ला  कार्य समिति खोटाङले घट्नाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष शिवहरी ढकालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा घट्नाको निन्दा एवम् घोर भत्र्सना जनाउदै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । पिडित ३३ वर्षीय महिला शिक्षिका पनि हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित