२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दुई महिलाबीच हातपात हुंदा दुबै घाइते

१७ कार्तिक २०७५, शनिबार १६:२९

चिसाङ शेर्पा | कार्तिक १७, खोटाङ | दिक्तेलमा दुइजना महिलाहरुविच झगडा हुंदा दुवैजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा दोर्पाकी यौन दुव्र्यबहारमा परेकी ३३ वर्षीय महिला र यौन दुव्र्यबहारको आरोप लागेका श्रीमानका श्रीमती सोही स्थानका (हाल दिक्तेलबजार बस्दै आएकी) रस्मिता आचार्य चौहान विच हातपात हुंदा दुवैजना घाईते भएका हुन् । 

शनिबार विहान दिक्तेलस्थित आफ्नो पसलको सामान काटीमा झुण्डाउदै गर्दा एक्कासी आएर अभद्र व्यवहार गर्दै श्रीमानको खोजी गरी पार्किङ गरेको मोटरवाईक नै लडाई दिएर जथाभावी वोलेपछि दुवै पक्षको हात हालहाल भएको पिडित महिला रस्मिताले बताईन् । रस्मिताको आखाँ, निधार, पछाडी कुमको पातामा असर पुगेको छ । 

यसअघि नै यौन दुव्र्यवहारमा परेकी महिलाले भने, शनिबार बिहान आफ्नो छोरालाई गाइघाट पठाउन रत्नपार्कमा वस चढाएर फर्कने क्रममा ‘मेरो श्रीमानलाई किन केष गरीस भन्दै’ गाली, वेइज्जत गरेर कपाल तानी लडाएको बताएकी छन् । रस्मिताको हातपातबाट पिडित महिलाको कपडा च्यातिएको छ । शरीरमा निलडाम नै निलडाम भएको र विशेषगरी घाँटीको पछाडी भागमा असर पुगेको छ । 

आफूलाई हातपात गर्दा सबैजना मुकदर्शक भएको र उनै रस्मिताको साथीले छुट्याएपछि भाग्दै प्रहरी बुथ रत्नपार्क पुगेर हार गुहार गरेर प्रहरी समक्ष पुगेपछि सादा पोशाकका प्रहरीले जिल्ला प्रहरी कार्यालय बाहिर पुर्याईदिएको उनले बताईन् । 

दुवै पक्षले आवाश्यक अनुसन्धान गरीदिन भनि प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कट्वालले बताए । दुवैलाई उपचारमा पठाएको र घट्नाको वारेमा प्रहरीले थप अनुसन्धान गर्ने प्रहरीले जानकारी दिएको छ । दुई महिलाविच पुराना रिसिवीका कारण हातपात भएको अनुमान गरिएको छ । पिडित दुई महिलामध्ये रस्मिताको श्रीमान लिला चौहान चिउरीडाँडाका वडाध्यक्ष हुन् । उनलाई घट्नामा संलग्न ३३ वर्षीय महिलाले जिल्ला अदालतमा यौन दुव्र्यवहार गरेको भन्दै मुद्दा हालेकी छन् । 

यता, नेपाल शिक्षक संघ जिल्ला  कार्य समिति खोटाङले घट्नाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष शिवहरी ढकालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा घट्नाको निन्दा एवम् घोर भत्र्सना जनाउदै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । पिडित ३३ वर्षीय महिला शिक्षिका पनि हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा