पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । 

तिहारको बेलमा खेलि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । 

तिहारको बेलमा खेलि"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उवासंघ पर्वतले किन गर्यो यस्तो– देउसी भैलो खेल्नेलाई ५१ रुपैँया मात्र दक्षिणा दिने कुश्मामा माइकिङ

१९ कार्तिक २०७५, सोमबार ०९:०७

पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । तिहारको बेलमा खेलिने देउसी भैलोमा आफ्नो क्षमता र योग्यताले आफू खुसि दक्षिणा दिने चलन भएपनि उवासंघ पर्वतले हस्तक्षेप गरी ५१ रुपैँया मात्रै दिन भन्दै माइकिङ गरेको हो । जिल्लामा माइकिङ गरी ह्वीप जारी गरिएको यो पहिलो घटना हो । 

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्वतले भने बेलुकी ९ बजे पछाडी देउसी भैलोका कार्यक्रमहरु नगर्न सूचना जारी गरेको छ । संगीतको पर्वतका रुपमा मानिने चाड तिहारमा प्रशासनले गरेको निषेधनको विरोध पनि भएको छ । कतिपयले सामाजि संजालमा धर्म र संस्कृति विरोधी निर्णय भनी प्रशासनको सूचनाको विरोध गरेका छन् ।

उवासंघ पर्वतले ५१ रुपैँया मात्रै दक्षिणा दिन भनि गरेको निर्णयले कतिपय सामाजिक अभियानको लागि संचालन गरिएको देउसी भैलो कार्यक्रमलाई असर पार्ने देखिएको छ । कतिपय विद्यालयहरुले आफ्नो विद्यालयको पूर्ननिर्माणको लागि देउसी भैलो कार्यक्रमको आयोजना गरेका छन् भने कतिपय संघसंस्थाहरुले रक्त क्यान्सर पिडितको लागि रकम संकलन गर्ने माध्यमका रुपमा पनि लिएका छन् । तर उवासंघको यो निर्णयले असर पार्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो