२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बैकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

१९ कार्तिक २०७५, सोमबार ११:२९

माधव बेल्वासे | कात्तिक १९, कपिलवस्तु | सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ । 

कपिलवस्तुको शिवराज नगरपालिकाले समाजिक सुरक्षा वापतको रकम वैकमा जम्मा गरेपछी अहिले वृद्धवृद्धा देखी अंपाग सम्म वैक धाउन थालेको छन । शिवराज नगरपालिकाले कात्तिक १५ गते सुचना जारि गर्दै आ व ०७५।०७६ को पहिलो चौमासिक सुरक्षा भत्ता वापतको रकम वैकका जम्मा गरिसकेको जानकारि गराएको छ ।

सुचना जारी पछि अहिले चन्द्रौटामा रहेका आधा दर्जन वैकहरुमा भिड लाग्न थालेको छ ।


पहिले गाविश तथा हाल वडा वाट वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता वैकिङ प्रणालीमार्फत वितरण गर्न थालिएपछि नगरमा भत्ता लिने महिला पुरुषहरुले उनिहरुको सामाजिक भत्ता सुरक्षित भएको जनाएका छन् । कतिपय स्थानमा लक्षित समूहसम्म भत्ता नपुगीकनै दुरुपयोग भएको पाइएपछि सरकारले वैकिङ प्रणालीमार्फत भत्ता वितरण शुरु गरेको हो ।

सामाजिक सुरक्षा भत्तामा मृत व्यक्तिको नाममा समेत बाँडीने, परिवारकै सदस्यले रकम झिकेर सम्वन्धित व्यक्तिलाई नै नदिने, भत्ता आएको छैन भनेर फर्काइ दिने, परिचय पत्रमा फोटो धमिलो छ, नाम केरमेट छ भनेर दुःख दिने जस्ता समस्याहरु व्यहोर्दै आएका स्थानियहरु वैकिङ  प्रणाली मार्फत वितरण भएपछी खुसी भएका छन । शिवराज नगरपालिका ५ चन्द्रौटा बस्ने रामी गिरीले वैक मार्फत भत्ता दिने भनेपछी खुसी भएको वताइन । कागजात सम्पुर्ण हुदा हुदै पनि आफ्ना मान्छेहरुलाई प्राथकिमता दिएर भत्ता वाड्ने हरुलाई भने भोली आउनुस भन्ने जस्तो व्याभार वडा कार्यलय वाट हुने भएकोले अहिले बैकमा निकाल्दा कुनै झन्झट नभएको गिरिले वताईन । 

७० वर्षमाथिका जेष्ठ नागरिक, एकल महिला, अपागंता भएका, विद्युवा,पुर्ण अशक्त अपांग ,अति अशक्त अपागं,लोपोन्मुख आदिवासी जनजाति, वालवालिका (दलित)का लागि सामाजिक सुरक्षा भत्ता प्रदान गरिदै आएको शिवराज नगरपालिकाले जनाएको छ । बैकमा खाता खोलीसकेकाले रकम लिन र खोल्न वाकि रहेकाले खाता खोल्न जानकारी गराएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । 

शिवराज नगरपालिका भित्र यस आर्थिक वर्षमा पहिलो चौमासीक पाउने जेष्ठ नागरिक(अन्य)२हजार २ सय १६,दलित जेष्ठ नागरिक ५ सय २३,एकल महिला २,विद्युवा महिला १ हजार ४ सय ४३ ,लोपउन्मुख आदिवासि जनजाति ५,पुर्ण अपांग अशक्त ६०,अति अशक्त अपांग १ सय ४७,जनजाति वालवालिका ६ सय ७८ जना गरि कुल ५ हजार ७४ जना  रहेका छन ।

शिवराज नगरपालिका वडा न १ र १० लाई एन एम वि बैक चन्द्रौटा,वडा ५ लाई महालक्ष्मी बैक चन्द्रौटा,वडा ३ र ७ लाई जनता बैक चन्द्रौटा,वडा ४ र ९ लाई कामना सेवा विकाश बैक चन्द्रौटा वडा न ६ र ८ लाई शाईन रेसुगाा वैक चन्द्रौटा,वडा २ र ११ लाई गरिमा विकास बैक चन्द्रौटा तोकिएको अधिकृत पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने