Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहामा लागुऔषधसहित एकजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक २०, लहान | प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर तथा नगद रु ४० हजारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीया रूबि बेगमलाई पक्राउ गरेको हो ।&nbsp;</p><p>यस्तै सशस्त्र प्रहरीको टोलीले रु पाँच लाखभन्दा बढी मूल्य बराबरको ३४ थान अवैध मोबाइलसेट बरामद गरेको छ । सोमबार लहान नगरपालिका–१९ कटहाचौक र प्रयागपुर गाउँको बीचबाट अवैध मोबाइलसेट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिनुभयो |</p>