पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक २३, स्याङ्जा (रासस)</b> | भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् । <br></p><p>जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् । </p><p>गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु ३ लाख ५६ हजार ३०० र ताससहित उनीहरूलाई पक्राउ गरको हो । पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । </p>

