पढ्न करिब 1 मिनेट लाग्छ
<p>कात्तिक २३, सर्लाही (रासस) | सर्लाही सदरमुकाम मलङ्गवामा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ । <br></p><p>मलङ्गवा–९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवासीले जनाएका छन् । </p><p>शव सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ । </p>

