Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बझाङमा २ लाख ४० हजार नगदसहित ११ जुवाडे पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा | कात्तिक २३म, बझाङ | जिल्ला प्रहरी कार्यलय बझाङले बिहिवार जुवा तास खेलिरहेको अवस्थामा २ लाख ४० हजार नगदसहित ११ जनालाई रंगेहात पक्राउ गरेको छ ।

सदरमुकाम चैनपुरस्थित चौगाँउ टोलबाट गएराती जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाडेको साथबाट २ लाख ४० हजार ८ सय ७७ रुपैयाँ नगद बरामत गरिएको जिल्ला प्रहरी कार्यलय बझाङले जानकारी दिएको छ ।

प्रहरीले सुर्मा गाउँपालिका १र२ का जयबहादुर बोहोरा, लाखीचन्द बोहोरा, गणेश बोहोरा, दर्पण बोहोरा, सर्जन बोहरा, दानबहादुर बोहरा, शेरबहादुर बोहरा, वकिल बोहोरा, बम्मबहादुर बोहोरा, देवबहादुर बोहोरा र बिर्वल बोहोरालाई नियन्त्रण लिएको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा चौगाँउ टोलका दानबहादुर बोहोराको घर बाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।