Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
November 10, 2018 दैलेख - DLK, समाज

दैलेखमा जुवा खेल्न रोक्ने क्रममा झडप: २ प्रहरी घाइते, २ राउण्ड हवाई फायर

By साझासवाल

<p><b>कात्तिक २४, दैलेख</b> | दैलेखको दुल्लूमा कौडा खेल्न लागेको समूहलाई रोक्न खोज्दा गएराति प्रहरी टोलीमाथि जुवाडेहरुले आक्रमण गरेका छन् ।<br></p><p>प्रहरीले कौडा खेल्ने समूहलाई रोक्न खोज्दा प्रहरीमाथिनै आक्रमण भएको हो । कौडा खेल्ने समूहले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट, प्रहरी सहायक निरीक्षक सुजन खड्काको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते प्रहरीहरुलाई दैलेखकै दुल्लू अस्पतालमा उपचार गराईएको छ ।</p><p>जुवाडे र प्रहारी समुहबीच झडपका क्रममा २ राउण्ड हवाई फायर समेत गरिएको थियो । घटनाको विवरण बुझ्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पोखरेलको टोली आज बिहान घाटनास्थल तर्फ गएको छ ।&nbsp;</p>