२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अपाङ्गताले रोकेन स्वरोगार बन्न

२५ कार्तिक २०७५, आईतवार ०३:५६

मानबहादुर चौधरी | कात्तिक २५, बर्दिया (रासस) | कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिँदै हेला गरी अमानवीय व्यवहार खेप्दै आएका मधुवन नपा–२ ओराली बजारका अपाङ्गता भएका दम्पती स्वरोजगार गर्दै आत्मसम्मानका साथ जिउन सफल भएका छन् । ती अपाङ्गता भएका दम्पती हुन् ३५ वर्षीय लक्ष्मण थारू र ४० वर्षीया इन्द्राणी थारू । 

उनीहरुको समय बिहान उठेदेखि साँझ अबेरसम्म खाजा घरमै काम गर्दै बित्छ । तीन छोराका आमाबाबुसमेत बनिसकेका उनीहरुले आफ्ना सन्तानको पालनपोषण, शिक्षालयायत जिम्मेवारीले पनि अपाङ्गताको बाबजुद काममा व्यस्त हुन्छन् । पसलबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म कमाई हुने गरेको लक्ष्मण थारूले बताउनुभयो । 

प्राय अपाङ्गता भएका व्यक्तिहरु अरुकै सहरामा बाँच्ने र आफूमाथि हुने अमानवीय व्यवहार सहन नसकी निरस जीवन जिउन बाध्य भएको लक्ष्मणका दम्पतीले देखेका छन् । तर उनीहरु कर्मलाई जीवनको आधार मान्दै आफूले सक्ने कर्म दैनिक रूपमा आफ्नै खाजा घर पसलमा गर्दै आएका छन् । त्यसैले त कहिले पनि कसैको अगाडि हात फैलाउनु परेको छैन । स्थानीय समाजसेवी अगुवा राजबहादुर चौधरी भन्नुहुन्छ, “लक्ष्मणका दम्पती एउटा उदाहरण हुन् । अपाङ्गता भएर पनि आफूले गर्न सक्ने काम गरी आत्मनिर्भर बनेका छन् ।” 

खाजा घरमा बिहान सबेरैदेखि नै चिया नास्ता खाने मानिसको भीड लागेको हुन्छ । दिउँसो पनि ग्राहकको आउने जानेको कमी हुँदैन । लक्ष्मण थारूको बाँया खुट्टा सुकेर हिँड्न समस्या छ । उनी जन्मदा सामान्य मानिससरह सबै ठिकै थियो । तर पछि उमेर बढ्दै जाँदा अचानक बिरामी परेपछि उपचारपछि निको त भए तर बाँया खुट्टा सुक्दै गयो । धेरै उपचार गराए पनि पहिलेजस्तो भएन । बुबाआमाको रेखदेखमा हुर्कदै ५ कक्षासम्मको पढाइ सके । सधँै उनको लागि समय एकनासको रहेन । दाजुभाइ घरबाट अलग भएपछि भने समस्या हुन थाल्यो, पढाइ छुट्यो । सोही बेला बुबाले चिया नास्ता र मिठाइ पसल गर्दै आउनुभएको थियो । त्यतिबेलासम्म जीवनका बारेमा केही सोचेका पनि थिएनन् उनले । 

तर बृद्ध बुवाले छोरा पसलमा चिया, नास्ता, मिठाइ बनाउन सिक जीवन जीउन सहयोग पुग्छ भनेपछि सिक्न थालेका उनलाई सोही सीपले अहिले गरी खान सहयोग पुगेको छ । त्यसैमा सहयोगी पाएका छन् श्रीमती इन्द्राणी थारूलाई । इन्द्राणी पनि शारीरिक अपाङ्ग छिन् । उनी पनि सानो छँदा सबै ठीकै थियो । करीब १२ वर्ष पुगेपछि बिरामी परिन् । धेरै उपचार गरेपनि ठिक भएन । उल्टो मेरुदण्डमा समस्या आई ढाड कुप्रो पर्दै गयो र उनी अपाङ्ग हुनुपर्यो । उनीलाई पनि परिवारले बोझको रूपमा व्यवहार गर्न थाल्यो । 

लक्ष्मण र इन्द्राणीले अपाङ्ग भएपछि परिवार र समाजले गर्ने नकारात्मक व्यवहारको तीतो अनुभव भोग्नुभएको छ । यही भोगाइको बीचमा उहाँहरुले अर्काको पीडासँग सहयात्री बन्न १७ वर्ष अगाडि विवाह गर्नुभयो र शुरु भयो लक्ष्मणकै बुबाले चलाउँदै आएको नास्ता पसलमा सङ्घर्षपूर्ण दैनिकी । 

ओराली बजारमा २० वर्षदेखि लवकुश खाजा घर घरेलु तथा साना उद्योग र आन्तरिक र राजश्व कार्यालयमा दर्ता गरेर चलाउँदै आएका छन् । इन्द्राणी भन्नुहुन्छ, “सम्पत्ति जोड्न त सकिएको छैन, पाँच जनाको परिवारलाई खानलाउन पुगेको छ । तीनवटै छोरालाई स्कूल पढाउन सकेका छौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता