२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा भब्यताका साथ मनाइयो फाल्गुनन्दको जन्मजयन्ती

२०७५, २५ कार्तिक आईतवार १२:०४

कमल घिमिरे। कार्तिक २५।पाँचथर,  १६ औँ राष्ट्रिय विभुती  मुहिङगुम अङसीमाङ  फाल्गुनन्दको १३४ औँ जन्मजयन्ति पाँचथरको फिदिममा विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइएको छ ।

    अहिंसावादी,समाजसुधारक किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती का विभिन्न धार्मिक कार्यक्रम गत कात्तिक २३ गते बाटै सुरु गरिएको थियो। गुरु गुरुआमाज्युहरु बाट चरु हवन गरी हजारौँ को संख्यामा साँस्कृतिक झाँकी सहित फिदिम बजार परिक्रमा गरिएको थियो।जन्मजयन्ती कार्यक्रममा नेपाल तथा भारतका धेरै संख्यामा किरात तथा अन्य धर्मावलम्बीहरुको उपस्थित रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल तथा किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पबित्राहाङमा लिङग्देनको उपस्थितिमा फिदिम नगरपालिका वडा नं. १ स्थित शनिवारे बजारमा अहिले सम्मकै ठूलो १२.८फिट रहेको महागुरुको शालिक र  सुम्हात्लुङ गढी स्थित मेची इङलिस बोडिङ स्कूल परिसरमा अवस्थित किरात माङहिम उद्घाटन गरिएको छ। यसै अवसरमा पाँचथर केलाङ साँस्कृतिक समाजको विशेष केलाङ प्रस्तुति साथै फिदिम उच्च मा.वी.को खेल मैदानमा राष्ट्रिय कलाकारहरुको साथमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम समेत गरिएको थियो। यस कार्यक्रमलाई सफल पार्न जिल्लाका विभिन्न १५ वटा संघ संस्थाहरुले सहयोग गरेका छन् । यस कार्यक्रमको मुख्य प्रर्वद्धक फिदिम नगरपालिका रहेको र अन्य विभिन्न देश विदेशमा रहेका संघ संस्था तथा भक्तजनहरु बाट सहयोग मागेर कार्यक्रम गरिएको  मूल आयोजक समारोह समितीका सचिव सुवास तुम्बापोले बताउनुभयो ।
      किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्म वि.सं.१९४२ कार्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाक्बाऔउ मा बुवा जगनबाज लिङ्देन र आमा हंसमति लिङ्देनको कोखबाट साँँहिला छोराको रुपमा भएको थियो । फाल्गुनन्दले वि.सं.१९८८ साल वैशाख २४ गते पाँचथरको सत्र थुम तथा लब्रेकुटीबाट समाज सुधारका ७ बुँदे घोषणा पत्र जारी गरेका थिए । सरकारले उनिलाइ वि.सं. २०६६ साल मङ्सीर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको थियो ।किरात धर्ममा विशेश योगदान दिएका महागुरु  लिङ्देनको वि.सं.२००५ चैत्र २२ गते निधन भएको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते