2026-09-13 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सहकारीको ६६ लाख रुपैयाँ हिनामिना गर्ने पक्राउ

कात्तिक २६, घोराही । राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् ।

सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । ६६ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको हो ।

सहकारी संस्थाका व्यवस्थापक रमिता चौधरी र उनका श्रीमान् वसन्त चौधरी फरार छन् । पक्राउ परेका गुप्तालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी जारी राखिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

‘प्रहरी कार्यालयमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सोही आधारमा सन्तोषकुमार गुप्तालाई पक्राउ गरिएको हो’, उनले भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’ तीनै जनाविरुद्ध सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले