२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बेपत्ता पत्रकार खड्काको हेलिकप्टरद्वारा खोजी

२८ कार्तिक २०७५, बुधबार ०७:५०

कात्तिक २८, बाजुरा | बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा तीन महीना पहिले हराएका पत्रकार तेजबहादुर खड्का (तेजु)को नेपाली सेनाको हेलिकप्टरबाट खोजी कार्य भएको छ । 

गत भदौ ९ गते बूढीनन्दा माताको दर्शन गरेर घर फर्किने क्रममा छाप्रोबाट बरमाग्नेतर्फ जुत्ता–चप्पल लिन गएका पत्रकार खड्काको अवस्था अझै अज्ञात रहेको छ । बेपत्ता भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर आज बिहान सुर्खेतबाट कोल्टीमा अवतरण गर्दै थप खोजीका लागि स्थानीय नेपाली सेना, नेपाल प्रहरीलाई घटनास्थलमा पुर्याएर खोजी कार्य भइरहेको प्रजिअ चेतराज बरालले जानकारी दिनुभयो । 

अज्ञात रहेका खड्काको जिल्ला प्रशासन, पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन र सरोकारवालाहरुको पहलमा हेलिकप्टरबाट खोजी गर्न सम्भव भएको नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य मीनबहादुर बमले बताउनुभयो । 

बेपत्ता भएका खड्काको खोजीका लागि गृह मन्त्रलायले रक्षा मन्त्रालयलाई हेलिकप्टरबाट खोजीका लागि पत्र पठाएर हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । खोजीमा संलग्न भएका टोलीले खाद्यान्नसमेत लिएर गएको बूढीनन्दा रेडियोका प्रबन्धक अनिल शाहीले बताउनु भयो । हेलिकप्टरले स्थानीयवासीलाई घटनास्थल पुर्याएर केही संवेदनशील स्थलहरुमा हेलिकप्टरमार्फत खोजी गर्ने बताइएको छ । 

करीब १५ वर्ष रेडियो नेपालको स्थानीय प्रतिनिधि भएर र ६ महीना रेडियो नेपाल सिंहदरबारमा काम गर्दै हाल रेडियो बूढीनन्दामा कार्यरत पत्रकार खड्का बेपत्ता भएको तीन महीना बितिसकेको छ । बेपत्ता खड्काको अवस्था भने अझै अज्ञात रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य