२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भ्रष्टाचारका ३९ मुद्दा दर्ता

२०७५, २८ कार्तिक बुधबार ११:५१

कात्तिक २८, कावासोती | नवलपरासी पूर्व नवलपुरमा चार महीनाको अवधिमा ३९ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । 

चालू आर्थिक वर्षको चार महीनामा सो सङ्ख्यामा मुद्दा दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता भएका मुद्दामध्ये शिक्षा क्षेत्रका १९ मुद्दा रहेका छन् । खास गरेर विद्यालयको भवन निर्माण गुणस्तहीन बनाइएका, कर्मचारी भर्नामा अनियमितता, छात्रवृत्ति रकम दुरुपयोग, पाठ्यपुस्तकको रकम दुरुपयोगजस्ता उजुरी रहेका कार्यालय प्रमुख पन्थले बताउनुभयो । 

यसैगरी नगरपालिका र गाउँपालिकामा निर्माण क्षेत्रमा अनियमितता, उपभोक्ता समितिमार्फत भएका काम गुणस्तरहीन, वडाध्यक्षले वडाका काम आफुखुशी आफ्नै साधन प्रयोग गरी गर्ने गरेकालगायतका ११ मुद्दा दायर भएका छन् । 

नवलपुर क्षेत्रबाट वनसँग सम्बन्धित तीन, जलस्रोत तथा सिँचाइका दुई, भूमि, भौतिक पूर्वाधार, गृह र शहरी विकाससम्बन्धी एक÷एक मुद्दा दायर गरिएका छन् । दर्ता भएका मध्ये १६ मुद्दा फछ्र्योट भएका र २४ मुद्दा अनुसन्धानका क्रममा रहेका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी