२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा जडीबुटी खेती

२०७५, २९ कार्तिक बिहीबार ०७:५८

कात्तिक २९, बाँके | जिल्लामा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् । गत आर्थिक वर्षदेखि यहाँ कुरिलो खेतीको शुरुआत गरिएको छ । 

राप्तीसोनारी गाउँपालिकाको तीन सामुदायिक वनमा कुरिलो खेती शुरु गरिएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो । राप्ती सोनारीको जलजला, बसेरी र छग्रह्वा सामुदायिक बनमा कुरिलो खेती गर्न थालिएको हो । यसबाट आम्दानी लिन कम्तीमा तीन वर्ष लाग्नेछ । गत आवमा जिल्लामा सात हजार लिटर मेन्था तेल र ७१ लिटर केमोमाइल तेल उत्पादन भएको थियो । 

कृषि क्षेत्रको विकासका लागि अनुदान र सस्तो ब्याजदरमा ऋण प्रदान गरेजस्तै जडीबुटी खेतीको प्रवद्र्धन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने जडीबुटी व्यवसायीको माग छ । सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन नसकेको अध्यक्ष अन्सारीले बताउनुभयो । “जडीबुटी खेती गर्ने किसानलाई सरकारले प्राथमिकताको सूचीमा राख्नुपर्यो”, उहाँले भन्नुभयो । जडीबुटी व्यवसाय प्रवद्र्धन गर्न राज्यको लगानी शून्य रहेको उहाँको आरोप छ । 

किसानको व्यक्तिगत लगानीमा मात्र बजारीकरण सम्भव नभएको अन्सारीले बताउनुभयो । “बजारीकरण र भण्डारणका लागि राज्यको तर्फबाट पहल हुनु पर्छ,” उहाँले भन्नुभयो । जिल्लामा कुरिलो र केमोमाइलको खेतीबारे जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन । सहायक वन अधिकृत टेक नेपाली निजी जमीनमा केमोमाइल खेती भइरहेको बताउनुहुन्छ । केमोमाइल र कुरिलो निकासी गर्दा र बिक्री वितरण गर्दा वन कार्यालयसँग अनुमति लिनुपर्ने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते