2026-09-15 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड महोत्सवको तयारी तिव्र

कमल पौडेल | कार्तिक २९, बागलुङ | प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को तयारी तिब्र भएको छ। कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि ९ गते सम्म हुने महोत्सवको लागि स्टल निर्माण, मञ्च निर्माण, पिङ, बाल उद्यान निर्माण भैरहेको छ। कार्यक्रममा प्रदर्शन गरिने भिर मौरि र मह, स्लेट ढुंगा, तयारी गरिसकिएको छ, साँस्कृतिक झाँकी तथा अन्य प्रदर्शन गर्ने वस्तु तथा सामाग्रिको तयारी गरिएको छ।

त्यस्तै कार्यक्रमको पूर्व तयारी स्वरुप विहिवार अर्थात आज मोटरसाइकल र्याली समेत गरिएको छ। कार्यक्रम स्थल खार वजार देखि बडिगाड गाउँपालिकाका विभिन्न क्षेत्र हुँदै गल्कोटको केहि क्षेत्र तथा मुसिकोट नगरपालिका वामीटक्सार सम्म सो मोटरसाइकल र्याली गरिएको हो। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रविन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्रि गगन थापा, बागलुङ जिल्लाका सांसदहरु, स्थानिय तहका प्रमुखहरु, राष्ट्रिय कलाकार वोम वहादुर कार्कि लगाएतको सहभागिता हुने आयोजकले जनाएको छ।

महोत्सवमा बडिगाड खोलाको असला माछा, रणसिंहको भिरमौरि तथा मह, कुमाल जातीको हेम्फै नाच, पौंदिवासीको न्वागी विशेष हुने भएको छ। त्यस्तै शिसाखानीको घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडिगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडिवुटि, खानीका स्लेट ढुंगा, कृषि प्रदर्शनी लगाएतका आकर्षण रहने भएका छन्। स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडिगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्। महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन गरिने भएका छन्। बडिगाड गाउँपालिका तथा पौंदि क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो । कार्यक्रमको मंसिर ९ गते गण्डकि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले समापन गर्ने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ