२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अग्नी पीडितलाई पुनः बोर्डिङको एक लाख सहयोग

२०७५, २९ कार्तिक बिहीबार ११:१०

चिसाङ शेर्पा | कार्तिक २९, खोटाङ | अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कका अग्नी पीडित तीन जनालाई आर्थिक सहयोग गरेको हो ।


कार्तिक २३ गते बिहान लागेको आगोले घर सहित सम्पुर्ण जलेर बिचल्लीमा परेका कृष्ण कुमार श्रेष्ठलाई पचास हजार, अम्बिका बुढाथोकीलाई तीस हजार र रमेश कुमार खत्रीलाई बीस हजार नगद सहयोग गरिएको दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका लेखापाल  आदित्य कार्कीले जानकारी दिए । अग्नी पीडितहरुलाई बुधबार रत्नपार्कस्थित आगलागी भएको स्थानमा दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकबर्ग, सञ्चालक समिति, अंशियार प्रतिनिधिहरुले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरे ।

बोर्डिङ स्कुलको तर्फबाट ८३ हजार ६ सय र शिक्षक तथा कर्मचारीहरुको तर्फबाट १६ हजार ४ सय गरी जम्मा एक लाख सहयोग रकम अग्नी पीडितहरुलाई वितरण गरिएको थियो । आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका÷अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।

यस्तै,नेपाल कम्यूनिष्ट पार्टी नेकपा खोटाङले एक मृतक परिवारलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते निधन भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता बालकृष्ण आचार्यको परिवारलाई नेकपाले ५१ हजार आर्थिक सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएकाले किरिया खर्च लगायतका कामका लागि मृतक परिवारलाई आर्थिक सहयोग गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख रहेका नेकपा नेता बबी चामलीङले बताए । नेकपाले बिहिबार आचार्यको घरैमा पुगेर सहयोग रकम प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित