<p>कृष्ण बिष्ट | कात्तिक ३०, बैतडी | बझाङमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । <br></p><p>चैनपुरबाट मस्टा गाउपालिका तर्फ गइरहेको से १ ज ५६२ नं को जिप कुक्रबार साझा दुर्घटना हुदा मस्टा गाउपालिका २ घर भएका अन्ताजी ३० वर्षीया जिप चालक किरण धामीको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । </p><p>सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिकाको १ खेतकोटसम्म यात्रु पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको जिल्ला प्रहरि कार्यालय बझाङका प्रहरि प्रबक्ता नैन बहादुर सावदले जानकारि दिनुभयो । जिप खेतकोट नजिकै दुर्घटना भएको र सडकबाट झण्डै १५० मिटर खसेको बताइएको छ । </p>
बझाङमा जिप दुर्घटना, १५० मिटर तल खस्यो
