२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउसीभैलोबाट सङ्कलित रकमले न्यानो कपडा वितरण

२०७५, १ मंसिर शनिबार ०५:५०

मङ्सिर १, स्याङ्जा | देउसीभैलोबाट सङ्कलित रकमले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । वालिङ नगरपालिकास्थित बालविद्या आवासीय माध्यामिक विद्यालयका पूर्वविद्यार्थीले देउसीभैलोबाट सङ्कलित रकमले भुम्रे माध्यामिक विद्यालयमा रहेका सुस्तमनस्थितिका दश विद्यार्थीलाई जाडोमा लगाउने स्विटर, टोपी, खाद्यान्नलगायतका सामाग्री शुक्रबार हस्तान्तरण गरिएको बालविद्या आवासीय माविका पूर्वविद्यार्थी प्रदीप अर्याल क्षेत्रीले बताउनुभयो । 

क्षेत्रीले विद्यालयका पूर्व विद्यार्थीको समूहले देउसीभैलोबाट सङ्कलित करीब रु १० हजार बराबरको सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरेको बताउँदै असामान्य अवस्थामा रहेका विद्यार्थीलाई जाडो मौसममा थोरै भए पनि सहयोग पुगोस् भनेर न्यानो कपडासहित खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । 

हाल विद्यालयमा सुस्त मनस्थितिका पाँच छात्र र पाँच छात्रा गरी १० विद्यार्थी रहेको र उनीलाई व्यावहारिक ज्ञानसम्बन्धी कुराहरु सिकाउने गरेको शिक्षक डोलराज बस्यालले बताउनुभयो । विद्यार्थीलाई विद्यालयमै बस्ने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने