२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

ठेकेदारको लापर्वाहीले धारापानी सिँचाइ योजना अलपत्र

२०७५, ३ मंसिर सोमबार ०५:३२

मङ्सिर ३, भीमदत्तनगर | निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । 

सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समयसीमा दुईपटक थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । 

दोस्रोपटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ । 

“आशिष कन्ट्रक्सनलाई दोस्रोपटक काम सक्ने गत फागुन १० गतेसम्म म्याद दिइएको थियो”, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत इञ्जीनियर ग्रिष्मा ठगुन्नाले भन्नुभयो, “कार्यालयबाट पनि मौखिक र लिखितरुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आएनन् ।” 

सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसँग २०७२ असार २५ गते रु चार करोड १५ लाखका सम्झौता भएको इञ्जीनियर ठगुन्नाले जानकारी दिनुभयो । 

“शुरुआतमा सम्झौता गर्दा विसं २०७३ असोज महीनासम्मको म्याद थियो”, उहाँले भन्नुभयो, “तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो । दुवै म्याद सकिएको आठ महीना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखितरुपमा ताकेता गरिएको थियो । 

“निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तानसमेत भइसकेको छ ।” ठगुन्नाले भन्नुभयो, “४० प्रतिशत काम अझै गर्न बाँकी नै छ ।” केही दिनअघिमात्रै निर्माण कम्पनीका सञ्चालक टेकबहादुर सेटी सम्पर्कमा आएको कार्यालयको भनाइ छ ।  

सो क्षेत्रको ३०० हेक्टर जमीनमा सिँचाइ पुग्नेगरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन् । “ठेकेदारले नहर बनाउन ल्याएका सामानसमेत धारापानी क्षेत्रमा अलपत्र छन् ।” दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भन्नुभयो, “नहरमा पानी बग्ने बेला कामसमेत पूरा नहुनु राम्रो कुरो होइन ।” दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको उक्त सिँचाइ योजनाको कामको जिम्मा पाएको भीमदत्तनगरस्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ । 

पृथ्वी महरा जेभीले रु एक करोड २० लाखबढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो । खानेपानीको समस्यासमेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौँदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन् । “बस्तीको उत्तर चुरेमा रहेको धारापानी मुहानबाट सिँचाइ गाउँमा पु¥याउन रकम त आएकै हो”, स्थानीय भट्टले भन्नुभयो, “हामीले निर्माण व्यवसायीलाई बारम्बार सम्पर्क गर्दा पनि टेरेनन् ।”

उहाँले मूल नहर निर्माणसँगै सिँचाइ पु¥याउन बनाउनपर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताउनुभयो । 

पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उहाँले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु